पोखरामा उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरिने

महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुदाँ सम्म हिंसा मुक्त समाज बन्न नसक्ने भन्दै पोखरा महानगरले उप–प्रमुखसंग महिला कार्यक्रम संचालन गर्ने भएको छ । गत आर्थिक वर्षबाटै महानगरले कार्यक्रम संचालन गर्ने योजना अनुसार बजेट विनियोजन गरेको भएपनि कार्यविधि निर्माणमा ढिलाई हुदाँ संचालन हुन सकेन् । उक्त कार्यक्रम संचालनका लागि आर्थिक वर्ष २०७५÷७६ का लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमा उपप्रमुखसंग महिला कार्यक्रम संचालन गर्ने भन्दै बजेट विनियोजन गरिएको थियो । कार्यक्रम संचालनका लागि आवश्यक कार्यविधि र संचालक समिति गठन नहुँदा ढिलाई भएको उपप्रमुख एवं कार्यक्रम संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । महिलाहरुको क्षमता अभिबृद्धि गराउदै आर्थिक रुपमा सवल र सक्षम बनाउदै उद्यमशिलताको विकास गराउर्ने उद्देश्यले कार्यक्रम ल्याइएको उपप्रमुख गुरुङको भनाई छ ।

कार्यक्रमले पोखरा महानगरपालिका भित्र भएका महिलाहरुको क्षमता अभिबृद्धि गरेर उद्यमशिलताको विकास गर्दै सुरक्षाको प्रत्याभुति, भेदभाव उन्मुलन आदि कार्यहरु गराउन “उप –प्रमुखसँग महिला कार्यक्रम संचालन कार्यविधि” तयार गरि जारी गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत कृषि, व्यवसायीक र घरेलु उद्यमसिलता, रोजगार मुलक, सिप विकास, निर्माण तथा क्षमता अभिबृद्धि सम्वन्धि कार्यक्रमलाई प्राथमिता दिइने छ । त्यस्तै स्थानीय महिला समूहहरुको सक्रियतामा स्थानीय स्तरका कृषि जन्य उत्पादनको बजारीकरण तथा व्यवस्थापन सम्वन्धी कार्यक्रमहरु गर्ने छ ।

उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा नौ सदस्यीय संचालक समिति गठन भएको छ । समितिमा कार्यपालिकाका पाँचजना सदस्य, उद्यमशिलता र सीप विकासका क्षेत्रमा काम गरेका दुई जना महिला र पोखरा महानगर महिला विकास अधिकृत सदस्यसचिव रहने ब्यवस्था कार्यविधिमा गरिएको छ ।

Facebook Comments