किड्नी फेल भएका तेन्जिङको उपचारका लागि ६० लाख संकलन

मुस्ताङ बाह्र गाँउ मुक्ति क्षेत्र गाँउपालिका ३ छुसाङका १६ बर्षीय तेन्जिङ निमा गुरुङको उपचारमाट ६० लाख सहयोग जुटेको छ । अर्काको घरमा काम गरेर आमा फुडोमा शेर्पाले छोरा तेन्जिङलाई पढाउँदै आएकामा दुबै मिर्गौला फेल भएको चिकित्सकले जानकारी दिएपछि फुडोमालाई बज्रपात नै परेको महशुस भयो । उपचार खर्च संकलन भएपछि उहाँले केही राहत महशुस गर्नुभएको छ ।

५ महिना भयो कक्षा ९ मा पढदै गरेको छोरा अहिले पोखरामा आफन्तको घरमा राखेर डायलासिस गराउँदै आएको फुडोमाले जानकारी दिनुभयो । आफ्नै किडनी दिएर छोराको जिबन बचाउन सोचाईमा रहेकी फुडोमाको परिवबारमा अमेरिका, बेलायत, फ्रान्स, जापान, कोरिया लगाएतका ठाँउ बाट सहयोग आएको छ ।

पोखरा स्थित छुसाङ समाज मुस्ताङका कोषाध्यक्ष अशोक गुरुङका अनुसार तेन्जिङको उपचारका लागि करिव ६० लाख संकलन भएको छ । अमेरिका स्थित मथिल्लो मुस्ताङी हरुको संस्था मुस्ताङ किडुग संस्थाको पहलमानै करिब ३३ लाख संकलन भएको छ ।

तेन्जिङको उपचारका लागि छुसाङ चार गाँउ समाज अमेरिका, मुस्ताङ एफसी प्रेसिडेन्ट अमेरिकाका दावा दोर्जो गुरुङ, हिमालयन याकका म्यानेजर बाबुराम गुरुङ, अमेरिका स्थित आङ देजेन शेर्पा, कर्मा गुरुङ, गिभिङ इज लभ तिवेतेन यूवर संस्था अमेरिका लगाएत अन्य नेपाली सहयोगीहरुबाट करिब ३३ लाख रकम उपचारका सहयोगार्थ खोलिएको मेगा बैंकको खातामा जम्मा गरिएको छ ।

अमेरिका बाट प्राप्त रकम पोखरा स्थित छुसाङ चार गाँउ समाजका अध्यक्ष श्यामलाल गुरुङ र कोषाध्यक्ष अशोक गुरुङले किडनी पिडित तेन्जिङ र उनकी आमा फुडोमालाई हस्तान्तरण गर्नुभयो । उनीहरुले सो अबसरमा तेन्जिङको सिघ्र उपचारका लागि काठमाडौ पठाइने तयारी समेत गरिने बताएका छन । उनीहरुले तेन्जिङका लागि देश विदेश बाट सहयोग गर्ने सबैलाई आभार समेत व्यक्त गरेका छन ।

Facebook Comments