आर्थिक विकास र समृद्धितर्फ अघि बढ्दैछौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक विकास र समृद्धि अघि बढिरहेका बताउनुभएको छ । साथै उहाँले नेपाल आर्थिक विकास र समृद्धिमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको समेत बताउनुभयो । चीनका पर्यटन तथा संस्कृति मन्त्री लु सुगाङसंग बुधबार भएको भेटबार्ताका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनवीच सदियौं देखिको सम्बन्ध रहेको स्मरण गर्दै भूगोल, संस्कृति, रहनसहन र जनस्तरबाट पनि नजिक रहेको धारणा राख्नुभयो । चीनिया मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकत्तम् संख्यामा चीनीयाँ पर्यटक नेपालमा भित्र्याउन मद्दत गर्ने बताउनुभयो ।

Facebook Comments