कास्कीकोट बहु–सांस्कृतिक ग्राम बनाउन उपयुक्त : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले कास्कीकोटलाईबहुसाँस्कृतिक ग्रामको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । कश्यप ऋषिको तपोभूमीपोखरा महानगरपालिका वडा नं. २४ मा कास्कीकोटमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका विविधता झल्कने साँस्कृतिक समिश्रणयुक्त ठाउँमध्ये कास्कीकोट उपयुक्त हुन सक्ने धारणा व्यक्त गर्नुभयो । विभिन्न ४ वटा ठाउँलाई बहुसाँस्कृतिक ग्राम बनाउन सिफारिस आएको पनि उहाँले जानकारी दिनुभयो । कास्कीकोट सबै हिसाबले संभावना भएपनि अन्य स्थानको समेत अवलोकन गरेपछि निर्णय गरिने उहाँको भनाई छ ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले काश्यप ऋषिकै नामले कास्की जिल्लाको नामाकरण भएको बताउँनुभयो । नेपाल राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण शाहका पुर्खा समेत कास्कीकोटकै रहेको उहाँकोभ नाई थियो ।

कास्कीकोट दरबार अहिले पनि परिचित छ भन्दै कास्कीकोट राज्यका शाहबंशहरु गोर्खा गएर राज्य गरेपछि नेपाल एकीकरण सुरु भएको उहाँको भनाई थियो । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, सामाजिक बिकास मन्त्री नरदेबी पुन, पोखरा महानगरपालिकाकी उपमेयर मन्जु गुरुङ लगायतको उपस्थिती थियो ।

कार्यक्रममा पतंजली योग समितिको बिशेष सहयोगमा योग शिबिर भएको थियो भने कार्यक्रमको आयोजकमा पोखरा महानगरपालिका वडा नंं २४ र सहआयोजकमा हाम्रो कास्कीकोट युवा संजाल रहेका छन् । वडा नं. २४ का अध्यक्ष ओमप्रसाद सुबेदीले वडाको बिकासमा कुनै कन्जुश्याईँ नगरेको र बहुसांस्कृतिक ग्राम निर्माणमा सहयोग गर्ने धारणा राख्नुभयो ।

Facebook Comments