विद्यार्थी नेता रिहाईको माग गर्दै नेविसंघद्वारा चक्काजाम

नेपाल विद्यार्थी संघका काभ्रेका नेता कृष्ण ढकालको रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ । नेपाल बिद्यार्थी संघ केन्द्रीय कार्यसमितीको आह्वानमा चितवनमा पनि चक्काजाम भएको छ ।

नेपाली काँग्रेसको भातृ संगठन नेबिसंघका कार्यकर्ताले बुधबार भरतपुरको चौबिसकोठी र नारायणगढको लायन्सचोकमा चक्काजाम गरेका थिए । चौबिसकोठीमा आयोजित सभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले सरकारले आफ्नो रबैया परिवर्तन गर्नु आवश्यक रहेको बताए । ढकाललाई तत्काल रिहा नगरे अझै शशक्त आन्दोलन गर्ने उनिहरुले चेतावनी दिएका थिए । निर्दोष बिद्यार्थीलाई गिरफ्तार गरेको भन्दै नेपाल बिद्यार्थी संघ चितवनले घोर आपत्ति समेत जनाएको छ ।

नेविसंघ चितवनका अध्यक्ष सुर्य ढकाललसरकारले दुई तिहाइको दम्भ देखाएर तानाशाही बन्न खोजेको र अधिनायकवादी चरित्र देखाएको आरोप लगाउनुभयो । ढकाललाई तत्काल रिहा नगरे आन्दोलन अझै चर्काउने नेबि संघ चितवनका बरिस्ठ उपाध्यक्ष अनमोल अधिकारीेको भनाई छ । प्रधानमन्त्रीको व्यङ्ग्यात्मक तस्विरलाई शेयर गरेको आरोपमा ढकाललाई प्रहरीले प्रक्राउ गरेको थियो ।

Facebook Comments