पिस पोष्टर प्रतियोगिता सम्पन्न

पोखरामा बुधबार आयोजित पिस पोष्टर कार्यक्रममा बाल विद्यामा अध्ययनरत नानु गुरुङ प्रथम हुनुभएको छ । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी, लायन्स क्लब अफ पोखरा विरौटा साझा चौतारी र लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको संयुक्त आयोजनामा भएको पिस पोष्टर प्रतियोगीतामा सहभागी २० जना मध्ये नानुले बनाएको चित्र उत्कृष्ट बनेको हो ।

प्रतियोगीतामा जुनिएर सिटिजन्स एकेडेमीमा अध्ययनरत रोसनी गुरुङ द्धितिय, पोखरा लर्नस एकेडेमीमा अध्ययनरत अमन कुमार तृतिय र सवलाईम स्कुलमा अध्ययनरत कृष्ण तामाङ सान्त्वना बनेका छन् । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक डेपुटी चिफ बालकृष्ण बरालले पिस पोष्टर प्रतियोगिताको आफ्नै महत्व रहेको बताउनुभयो ।

लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष जित बहादुर थापा गोपालको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियर पर्सन दुर्गा कुमारी आचार्य र सन्तोष घिमिरे, लायन्स क्लब अफ पोखरा विरौटा साझा चौतारीका अध्यक्ष रजनी कोइराला, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष विधान गौतम, सचिव राजाराम पौडेल, निर्णायक विनोद गुरुङले पिस पोष्टर प्रतियोगीताको बारेमा बोलेका थिए ।

Facebook Comments