मधुमेह दिवसमा ४५० जनाको सुगर र प्रेसर परीक्षण

विश्व मधुमेह दिवसको अवसरमा बुधबार पोखरामा जनचेतना मुलक कार्यक्रम गरि मनाइएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले दिवसको अवसरमा मधुमेह सम्वन्धि सचेतना, सुगर, प्रेसर जाँच तथा तौल र उचाई मापन तथा परामर्श दिएको थियो । महागनरका कर्मचारीसंगै सर्वसाधारणको निशुल्क रुपमा प्रेसर र सुगर जाँच गरिएको थियो ।

महानगर कार्यालय अगाडी सडकमा आयोजना गरिएको कार्यक्रममा ४५० जनाको सुगर, प्रेसर जाँच तथा तौल र उचाई मापन गरिएको स्वास्थ्य महाशाखाका नर्सिङ प्रमुख कविता पौडेलले जानकारी दिइन । विहान दश बजेदेखि साँझ चार बजेसम्म प्रेस र सुगर जाँच गरिएको हो ।

कार्यक्रममा पोखरा महागनरका प्रमुख मानबहादुर जि.सी, उपप्रमुख मञ्जुदेवी गुरुङ,प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, सहायक प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, महानगरका उपसचिव एवं सुचना अधिकारी गंगालाल सुवेदी लगायतले सुगर प्रेस जाँच गराएका थिए ।

जाँच गरिएका अधिकांशमा मधुमेह रोग देखिएको र त्यस बारे परामर्श प्रदान गरिएको थियो । मधुमेह लाग्नुका कारण र यसबाट बच्ने उपायका बारेमा डा.ओमप्रकाश कलौनीयाले परामर्श दिनुभएको थियो । नेपालीमा यो रोग बढदो छ, त्यसलाई रोक्न बेलैमा रोकथाम गर्नुपर्ने चिकित्सकको सुझाव रहेको छ ।

Facebook Comments