हुम्लामा सडक र रेलवेको सम्भाव्यता अध्ययन

राष्ट्रिय सडक सञ्जालले नजोडीएको हुम्लालाई सडक सञ्जालमा जोड्दै अन्तराष्ट्रिय राजमार्गमा रुपमा विकास गर्ने गरि औपचारिक स्थलगत अध्ययनको प्रारम्भिक काम शुरु भएको छ । कर्णाली प्रदेश सरकार र चिनिया पक्षबिच सहमति भएपछि यसको लागि काम शुरु भएको हो ।

हिमाली जिल्ला हुम्लासँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटबाट सिमकोट हुँदै नेपालगन्ञ्जको जमुनाह सम्म सडक र रेलको हवाई सर्भे शुरु भएको हो ।

नेपाली सेनाको हेलिकप्टरद्धारा उत्तर दक्षिण जोड्ने त्रिदेशीय नाकाका रुपमा अघि बढाउन कर्णाली प्रदेश सरकारले हवाई सर्भे गरेको कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकार र चिनिया सिआरईसी कम्पनीका प्राविधिक टोलीले सडक र रेलवेको सम्भाव्यता अध्ययन शुरु गरेका छन् ।

Facebook Comments