स्व.राजा वीरेन्द्र र परिवारको ७१ रोपनी जग्गा नेपाल ट्रष्टको मातहतमा

सरकारले तत्कालीन राजा वीरेन्द्रसहित उहाँको परिवारका सदस्यहरुको नाममा रहेको ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहत ल्याएको छ । मन्त्रिपरिषद् बैठकले तत्कालीन राजा वीरेन्द्र र उहाँको परिवारको नाममा देशका विभिन्न ठाउँमा रहेको करिब ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहतमा ल्याएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

राजा वीरेन्द्रको नाममा रहेको काठमाडौं महानगरपालिका ३१ कमलादीस्थित १४ आना घररजग्गा, गोकर्णराज निकुञ्ज वन कम्पाउण्डभन्दा बाहिर रहेको ७० रोपनी ९ आना जग्गा र भक्तपुर जिल्ला मध्यपुर ठीमी (साविकको निलबराही, बोडे वडा नम्बर ९) मा रहेको ३ आना जग्गा नेपाल ट्रष्टको नाममा कायम गरिएको मन्त्री वास्कोटाले जानकारी दिनुभएको छ ।

Facebook Comments