श्रीलंकामा संसद बैठकमै सांसदहरुबीच झडप

श्रीलंकामा राजनीतिक संकट गहिरिएसंगै संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट भएको छ । बिहीबार अपरान्ह बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो ।

राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपाक्षेले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताए लगत्तै सांसदहरुबीच हात हालाहाल र धक्कामुक्की भएको हो । यो घटना संसदले राजपाक्ष सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको एक दिनपछि भएको हो ।

संसदको बैठक बस्ने वित्तिकै सभामुख करु जयसूर्याले देशमा सरकार नभएको बताउनुभएको छ । उहाँले राजपक्षे र राष्ट्रपतिले अपदस्थ गरेको रनिल विक्रमासिंघे दुवै प्रधानमन्त्री नभएको बताउनुभएको थियो ।

राष्ट्रपति सिरिसेनाले अक्टोबर २६ मा विक्रमासिंघले अपदस्थ गरेपछि श्रीलंकामा राजनीतिक संकट उत्पन्न भएको छ । संसदमा राजपाक्षेले महत्वपूर्ण विषयमा ध्वनीमतका आधारमा फैसला गर्न नहुने भन्दै मतदान हुनुपर्ने माग गर्नुभएको थियो ।

उहाँले राष्ट्रपतिले नियुक्त गरेको प्रधानमन्त्री र मन्त्रिपरिषदलाई सभामुख जयसूर्यालाई हटाउने अधिकार नभएको दावीसमेत गर्नुभएको छ । राजपक्षेले सभामुखले विपक्षी दलको सांसदको भूमिका निर्वाह गरेको आरोप लगाउनुभएको छ ।

उहाँले नयाँ चुनाव नै अहिलेको संकटको समाधान भएको बताउनुभयो । आजको संसद वैठकमा राजपक्षे पक्षधर सांसदहरुले पुनः मतदान हुनुपर्ने माग गरेपछि झपड भएको थियो ।

Facebook Comments