फो—ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने

तमुहरुको महान चाड तथा नयाँवर्ष ल्होछारको अवसरमा तमु धिं नेपालले पोखरामा फो—ल्होछार विशेष साँस्कृतिक कार्यक्रम २०७५ आयोजना गर्ने भएको छ। कुकुर वर्ग(खि ल्हो)लाई विदाई र मृग वर्ग(फो ल्हो)लाई स्वागतका लागि पुष १३ गते पोखरा सभागृहमा फो—ल्होछार विशेष साँस्कृतिक कार्यक्रम २०७५ आयोजना गर्ने तमु धिं नेपाल साँस्कृतिक उपसमितिले निर्णय गरेको हो।

ल्होछारलाई सँस्कृतिमय, सद्भावयुक्त, एकतावद्ध र नेपाली मौलिकताको संरक्षणको पर्वको रुपमा मनाउनका लागि प्रथम पटक ल्होछार विशेष साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको साँस्कृतिक बरिष्ट संस्कृतिकर्मी संयोजक मेनकाजी तमुले जानकारी दिनुभयो।

फो—ल्होछार भव्यता, ल्होछारको मौलिकताको संरक्षण, सम्बद्र्धन, प्रचार प्रसार गर्न, ल्होछार विशेष साँस्कृतिक कार्यक्रम मार्फत सामाजिक, साँस्कृतिक, जातिय, राष्ट्रिय सद्भाव प्रस्तुत गर्न, तमुहरुमा रहेको प्रतिभा प्रष्फुटन गर्ने अवसर प्रदान गर्न र लोपोन्मुख लोक सँस्कृति संरक्षणका लागि साँस्कृतिक अभियान संचालन गर्न साँस्कृतिक कोष स्थापना गर्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिने संयोजक तमुले बताउनुभयो।

Facebook Comments