आदर्श महोत्सवको तयारी पुरा

खेलकुदको क्षेत्रबाट चर्चामा आएको आदर्श युवा क्लवले कार्तिक ३० देखि मंसिर ९ गतेसम्म पोखरा–२९ स्थित भण्डारढीक रंगशालामा गर्न लागेको प्रथम आदर्श महोत्सवको तयारी पुरा भएको छ । आयोजकले विहिबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पुरा भएको जानकारी दिएको हो ।

कला, सस्कृति, संगीत र मनोरञ्जनको उत्सवको रुपमा लिएको महोत्सवमा निर्माण गरिएका दुई सय ६८ बटा स्टलहरु मध्ये करिव दुई सय ५० स्टलहरु बुक भईसकेको र अन्य तयारीसमेत पुरा भएको आयोजकले जनाएको छ । क्लवद्धारा संचालन गरिने राष्ट्रिय स्तरको फुटवल प्रतियोगितालाई निरन्तर रुपमा सञ्चालन गर्नेमा सहयोग पुग्ने गरि निर्माणधिन रंगशालाको संरक्षण तथा स्तरोन्नती गर्ने र सामाजीक क्षेत्रको विकास गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको क्लवका अध्यक्ष तथा महोत्वका निर्देशक लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

महोत्सवमा थप रोचक र मनोरञ्जन दिनका लागि रत्यौली गित प्रतियोगिता, बिद्यालय स्तरिय नृत्य प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारहरुको लोक दोहोरी र साथमा आधुनिक पप कन्र्सट राखिएको छ भने कृषकहरुद्धारा उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरि कृषिका स्टलहरुलाई निःशुल्क रुपमा राख्न पाउने ब्यवस्था मिलाईएको छ ।

महोत्सवको विशेष आकर्षणको रुपमा अष्ट्रिच, उँट सवारी, धरहरा चडी महोत्सव अवलोकन, वाल उद्यान रहेका छन । महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनावाट हुने आयोजकले जानकारी दिएका छन् । पहिलो पटक हुन लागेको महोत्सवमा करिव ३ लाख दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको आर्थिक कारोबार र महोत्सवबाट १२ लाख वचत गर्ने आयोजकले लक्ष्य लिएको छ ।

Facebook Comments