राखेप सदस्य गुरुङलाई पोखरामा स्वागत

राष्ट्रिय खेलकुद परिषदको रिक्त सदस्य पदमा आगामी चार वर्षका लागि बोर्ड सदस्य पदमा नियुक्त हुनुभएका पोखराका राजेश गुरुङलाई बिहिबार पोखरामा भब्य स्वागत गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र जिल्ला खेलकुद बिकास समितीले आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा कास्की जिल्लाका विभिन्न खेलकुद संघहरुले उनलाई स्वागत गरेका हुन ।

सो कार्यक्रममा बोल्दै नवनियुक्त परिषद बोर्ड सदस्य गुरुङले चौर्तफी रुपमा लथालिङ्ग भएको खेलकुदलाई सबैको सहकार्यमा माथी उठाउनुपर्ने बताउनुभयो । पोखरा रंगशालाको पूर्वाधार बिकासका लागि पहल गर्ने उहाँको भनाई थियो ।

खेलकुद संघहरुमा नेतृत्वका लागि मात्रै हानथाप भएको र खेल बिकासका लागि बैचारिक नेतृत्व नहुँदा समस्या आएको गुरुङले जिकीर गर्नुभयो । उहाँले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पोखरामा पहिले भने जस्तै गरि ७ वटा प्रतियोगिताहरु आयोजना गराएरै छाड्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले अन्य प्रदेश र क्षेत्रको तुलनामा गण्डकी प्रदेशमा खेलकुदको पूर्वाधार बिकास भइरहेको उल्लेख गर्नुभयो । पोखरामा कुनै पनि दक्षिण एशियाली स्तरको प्रतियोगिता आयोजना गर्न सकिने पूर्वाधार तयार हुँदै गरेको उहाँको भनाई थियो ।

स्वागत कार्यक्रममा बोल्दै कास्की जिल्ला खेलकुद बिकास समतीका अध्यक्ष याम गुरुङले फुटबल प्यारापिट भत्काएर परिषदले निर्माण सुरु नगरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

Facebook Comments