पोखरामा जन्मदिने पितालाई नै पति बनाएर जग्गा पास अन्यायमा परेको भन्दै स्थानीयद्वारा बहिनी दुर्गाको पक्षमा प्रदर्शन

पोखरामा सम्पत्ति हात पार्न आफ्नै जन्म दिने बाबालाई पति बनाएको रहस्य खुलेको छ । पोखरा रामबजारकी रत्नाकुमारी कुँवरले आफ्ना पितालाई पति बनाएर जग्गा आफ्नो नाममा पारेको र अदालतले पनि अन्याय गरेको भन्दै पोखरा महानगरपालिका वडा नं. १०/१५ का महिला समुह र समाजसेवीले पोखराको रामबजारमा आज प्रदर्शन गरेका छन् ।

कालिका मन्दिर परिसर महिला समुह, मनकामना टोलविकास संस्था महिला उपसमिति, लक्ष्मिटोल आमा समुह, जनजागृती आमा समुह लगायतका संस्था र रामबजार आसपासका समाजसेवीले दुर्गा कुँवरको घर अगाडी प्रदर्शन गरेका हुन् । उनिहरुले दुर्गा कुँवरलाई घर निकाला गर्न नपाईने, पैतृक सम्पती आधा आधा पाउनुपर्ने, दुर्गा कुँवरले न्याय पाउनुपर्ने भन्दै प्रर्दशन गरेका हुन् ।

दुर्गा कुँवरलाई न्याय दिएर छोड्ने बताउदै अभियन्ता तथा समाजसेवी पवित्रा गुरुङले भन्नुभयो आज घर निकाल्न दुर्गाको दिदी आउदैछन् भन्ने जानकारी पाएर हामी यहाँ उपस्थित भएका हौ । गुरुङले अगाडी भन्नुभयो – दुर्गा कुँवर अन्यायमा परेकी छन्, उनलाई न्याय दिनु हाम्रो दायित्व हो, दुर्गाले न्याय नपाईन्जेल हामी उनको साथमा रहन्छ ।

दुर्गा कुँवर पोखरा रामबजारमा थोत्रो घरमा बस्दै आउनुभएको छ । जुनघरमा बसेको ४३ वर्ष भयो । दुर्गाका बाबा भारतीय रेलवेमा काम गर्नुहुन्थ्यो । त्यहिबाट कमाएको पैसाले पोखराको रामबजारमा घरजग्गा जोड्नुभयो । आफु बुझ्ने भएपछि रत्नाकुमारीले जालसाजी गरि सबै कागजपत्र मिलाएर उक्त जग्गा आफ्नो नाममा ल्याएर चुपचाप बसेको स्थानीयको भनाई छ ।

बाबा आमाको काजकिरियामा समेत सरिक नभई २०६१ सालमा मात्र दिदी रत्नकुमारीले बहिनीलाई यो मेरो सम्पति हो त्यसैले घर निस्कनु भनेपछि दुर्गा कुँँवरलाई घटना थाहा भएको हो । दुर्गा कुवँर अदालत जाँदा रत्नाकुमारीले बनाएका प्रमाणका अगाडी दुर्गाको केहि लागेन बरु जिल्ला अदालत कास्की र उच्च अदालत पोखराले दिदी रत्नकुमारीकै पक्षमा फैसला गरिदियो । अहिले अदालत आफ्नो फैसला कार्यान्वयन गराउन चाहान्छ तर समाज एकजुट भएर दुर्गा अन्यायमा परेको भन्दै निरन्तर दवाब दिईरहेका छन् । बुधबार पनि दिनभर रामबजारबासी दुर्गाको घरमा धर्ना दिएर बसेका हुन् ।

Facebook Comments