कांग्रेसका युवा नेताहरुको गोप्य बैठक सम्पन्न

नेपाली कांग्रेसका युवा नेताहरुको शुक्रबार बसेको गोप्य बैठकले विभिन्न विषयमा छलफल गरेको छ । साथै उनीहरुको बैठक भोली पनि बस्ने भएको छ । काठमाडौंको तीनकुनेमा बसेको युवा नेताहरुको बैठकले विघटनको संघारमा रहेको नेविसंघका बारेमा भोलीको बैठकले धारणा बनाउने सहभागी नेता गुरुराज घिमिरेले जानकारी दिनुभयो ।

संगठनलाई विघटन गर्नुपरेमा पार्टीको केन्द्रीय कमिटीबाट बहुमतले पारित गरेको ३२ वर्षे उमेर हदबन्दी हटाउने या नहटाउने भन्ने बारेमा पनि धारणा तय गर्ने उहाको भनाई रहेको छ । सम्पन्न बैठकले महासमिति बैठकमा लाने राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा आफूहरु सहभागी हुने धारणा समेत बनाएको छ ।

नेता घिमिरेका अनुसार महासमिति बैठकमा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिले पेश गर्ने राजनीतिक प्रतिवेदन तथा महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले पेश गर्ने विधान संशोधन प्रस्तावमा चित्त नबुझे समानान्तर प्रतिवेदन ल्याउने निर्णय गरिएको छ । बैठकमा चन्द्र भण्डारी, गगन थापा, गुरुराज घिमिरे, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव र कमला पन्तसहितका युवा नेताहरुको सहभागिता रहेको थियो । यसअघि युवा नेताहरुको बैठक बुधबार पनि बसेको थियो ।

Facebook Comments