गौतम बुद्ध जन्मस्थल लुम्विनीमा त्रिपिटक वाचन सम्पन्न

नेपालमा पहिलोपटक भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित तीनदिने ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सम्पन्न भएको छ । लुम्बिनी विकास कोष, अखिल नेपाल भिक्षु महासंघ र थाइ बौद्ध विहारको संयुक्त आयोजना आयोजित समारोहमा १८ देशका ७०० भन्दा बढी भिक्षु–भिक्षुणी, उपासक–उपासिकाको सहभागिता रहेको थियो ।

स्थानिय लुम्बिनी उद्यानमा भगवान् गौतमबुद्धका उपदेशलाई सामूहिकरुपमा वाचन गरी समारोह सम्पन्न भएको हो । अन्तर्राष्ट्रिय जगतमा लुम्बिनीको थप प्रचार–प्रसार गर्न त्रिपिटक वाचन आयोजना गरिएको जनाइएको छ । त्रिपिटक वाचनपछि मायादेवी मन्दिरको वरिपरि मैनबत्तीसहितको शान्ति पदयात्रा तथा दीप प्रज्वलनसमेत गरिएको थियो । तीन दिनको त्रिपिटक वाचनले लुम्बिनीको महिमा अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुगेको र यसबाट पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने आयोजकले दावी गरेको छ ।

Facebook Comments