मुलुकमा दण्डहीनता बढ्दै गएको भन्दै नागरिक अगुवाहरुद्वारा चिन्ता व्यक्त

नागरिक समाजका विभिन्न व्यक्तिहरुले देशमा दन्डहीनता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले यस्तो चिन्ता जनाएका हुन् । वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, डा. सुन्दरमणि दीक्षित, एकराज भण्डारी, चिरञ्जीवी ढकाल लगाायतले सर्वोच्च अदालतको आदेश र राष्ट्रिय मानवअधिकार आयोगका सिफारिसहरुसमेत कार्यान्वयन नहुने अवस्था रहेको बताउनुभयो ।

सर्वोच्च अदालतले थुनामुक्त गर्नका लागि दिने आदेशसमेत कार्यान्वयन नभएको भन्दै उनीहरुले जनताले आधारभूत अधिकारको अनुभूति समेत गर्न नपाएको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोग स्वतन्त्र संवैधानिक निकाय भएपनि त्यसबाट आधारभूत अधिकारको पक्षमा गरिने निर्णय कार्यान्वयन नभइरहेकाले त्यस्ता संस्थाहरुको प्रभावकारितामा समेत समस्या भएको कार्यक्रमका वक्ताहरुको भनाई थियो ।

Facebook Comments