युवाहरुलाई राष्ट्र निर्माणमा लगाउनुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले युवाहरुलाई राष्ट्र निर्माणमा समाहित गराउनु पर्नेमा जोड दिनुभएको छ । कास्कीको लेखनाथमा सुक्रवार देखि सुरु भएको प्रथम आदर्श महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । युवाहरु रोजगारका लागि विदेशको खाडीमा होईन जोस र जागरले आफनै देशमा केही गरौं भन्ने भावनाले सिपमुलक ब्यवसाय संचालन गरि राष्ट्र निर्माणको अभियानमा समाहित हुन आग्रह गर्नुभयो ।

देश समृद्धिको बाटो तर्फ अघि बढिरहेको प्रशंग उठाउदै अध्यक्ष तिमिल्सिनाले देशलाई धनि बनाउन यहाँका जमिनहरु बाझो नराखि राष्ट्रिय उत्पादनलाई बढवा दिनुपर्ने बताउनुभयो । उहाँले युवा प्रोत्साहनका कार्यक्रम मार्फत सरकार अगाडी वढिरहेकाले अव युवाहरु विदेसीका जुडा भाँडा माझेर होईन स्वदेशमै उत्पादनका काममा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पुर्व बन मन्त्री शंकर भण्डारीले यस प्रकारका मेला महोत्सवले आर्थीक समृद्धिको बाटोबाट देशलाई अगाडी वढाउन सकिने विचार राख्नुभयो । प्रदेश सांसद दिपक कोईरालाले पोखरालाई महोत्सवै महोत्सवको सहर बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । सोही अवसरमा ईलाका प्रशासन कार्यालय खुदीका प्रमुख चित्रागंत बराल,वडा नं २९ का वडाअध्यक्ष चेतबहादुर गुरुङ,नेपाली काग्रेसका जिल्ला सदस्य रामवावु भण्डारी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी,क्लवका सल्लाहकार जंगबहादुर गुरुङ,सामुदायिक लायन्स अस्पतालका अध्यक्ष मेजर रामप्रसाद गुरुङ, लोक दोहोरी गायक शिवहरी ढुगाना,झाकी ब्यवस्थापन उप समितिका संयोजक बुद्धिमाया थापा मगर लगाएतले महोत्सवको आयोजक आदर्श युवा क्लब भए पनि सवैको यो महोत्सवलाई आफनै ठान्नु पर्ने सुझाव राखेका थिए ।

कार्तिक ३० गते देखी मंसिर ९ गते सम्म सञ्चालन हुने महोत्सवमा ३ सय स्टल रहेका छनभने महोत्सवमा कृषि जन्य सामाग्रीको प्रदर्शनी तथा बिक्री वितरण, वाल उद्यान, खाद्यान्न प्रदर्शनी, ख्यातिप्राप्त कलाकारहरुद्धारा लोकदोहोरी तथा पप कन्सर्ट, उट प्रदर्शनी लगायतका कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।

Facebook Comments