न्यू ग्यालेक्सी बास्केटबल छात्र तर्फको उपाधि बाल कल्याण माविलाई

पोखरा नदिपुर स्थित न्यू ग्यालेक्सी माविको रजत महोत्सब अन्र्तगत आयोजित बिद्यालय स्तरीय छात्र बास्केटबलको उपाधि बाल कल्याण माबीले जितेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा बाल कल्याणले मनकामना माबीलाई ५६–४९ को स्कोरले पराजित गर्दै उपाधि हासिल गरेको हो । बाल कल्याणले उपाधि संगै नगद ८ हजार र उपविजेता मनकामना माबीले नगद चार हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

त्यसै गरि छात्रा तर्फको उपाधि भने हिल पोइन्ट माबीले जितेको छ । हिल पोइन्टले आयोजक न्यू ग्यालेक्सीलाई ९–३ को स्कोरले पराजित गर्दै उपाधि पाएको हो । हिल पोइन्टले उपाधि संगै नगद ५ हजार र उपबिजेता न्यू ग्यालेक्सीले नगद ३ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा छात्र तर्फको उत्कृष्ट खेलाडी शुभाष जुगजाली घोषित भए भने प्रतियोगिता अवधीभर बाल कल्याणका सुमित गुरुङले सर्वाधिक गोल गरे । छात्र तर्फ न्यू ग्यालेक्सीकी स्तुती गुरुङ उत्कृष्ट खेलाडी र हिल पोइन्टकी उर्मिला गुरुङले सर्बाधिक गोल गरिन ।

प्रतियोगितामा बिजयी खेलाडीलाई कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम बहादुर गुरुङ, न्यू ग्यालेक्सीका प्राचार्य एवम हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, नेपाल बास्केटबल संघका उपाध्यक्ष जु्म गुरुङ, हिसानका केन्द्रिय उपाध्यक्ष शेर बहादुर गुरुङ, लगाएतले नगद पुरुस्कार, पदक मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यहि कार्तिक २७ गते बाट शुरु भएको उक्त प्रतियोगितामा छात्र तर्फ ८ र छात्रा तर्फ ४ विद्यालयको सहभागिता रहेको थियो । बिद्यालयले आफ्नो रजत बर्ष मनाउने सन्दर्भमा उक्त प्रतियोगिता आयोजना गरेको थियो । बिद्यालयले वर्ष भरिनै विभिन्न सामाजिक, स्वास्थ्य, शैक्षिक तथा जनचेतनामुलक कार्यक्रम हरु आयोजना गरिरहेको छ । समापन कार्यक्रम विद्यालयका संरक्षक डा राधेश्याम कास्थको अध्यक्षतामा भएको थियो ।

Facebook Comments