पोखरामा आकस्मिक रक्तदान सम्पन्न

पोखरामा रगत अभाव भएपछि आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आकस्मिक रक्तदान युनिट र नेपाल रेडक्रश सोसाइटी कास्कीको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा १०३ युनिट रगत संकलन भएको छ । पोखरा महेन्द्रपुलमा कार्यक्रमको आयोजना गरिएको हो । कायक्रममा स्वत स्फूर्त पैदल यात्रामा रहेकाहरुले रक्तदान गरेका थिए ।

आकस्मिक रक्तदान युनिटले पोखरामा विरामीहरुलाई आकस्मिक रुपमा रगत आवश्यक भएमा रक्तदातालाई सम्पर्क गरी रक्तदानको व्यवस्था गर्दै आएको छ । कार्यक्रममा क्षेत्रीय रक्तसंचार सेवाका तर्फबाट प्राविधिक सहयोग रहेको थियो ।

Facebook Comments