रक्तदानमा सहजीकरणका लागि संस्था गठन

पोखरामा ‘स्टार्ट १८ स्टार्स टिम’ नाम दिएर रक्तदान सम्बन्धि कार्य गर्ने संस्था गठन भएको छ । यो समूहले अब पोखरा र आसपासका क्षेत्रमा काम गर्ने जनाएको छ । १८ वर्ष पुगेपछि हरेक व्यक्ति रक्तदान गर्न योग्य हुने र उसले रक्तदान गरिरहँदा अर्को व्यक्तिले जीवन पाईरहेको हुने भएकोले यस्तो खाले नाम दिईएको समूहका अध्यक्ष हिमाल भट्टराईले जानकारी दिनुभयो । शनिबार भएको भेलाले ७ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समूहले पोखरामा रगतको अभाव नहोस् भनेर सामूहिक रुपमा काम गर्ने उद्देश्य राखेका छन् ।

कार्यसमितिको अध्यक्षमा हिमाल भट्टराई, उपाध्यक्षमा अनिल तिवारी, महासचिवमा अकृजा पोखरेल, सचिवमा असिम ढकाल, उपसचिवमा पुरञ्जन बजगाँई, कोषाध्यक्षमा मेनुका लुँईटेल र सह कोषाध्यक्षमा शिव आचार्य रहेका छन् । नेपाल स्वयंसेवक रक्तदाता समाजको भातृ संगठनको रुपमा रहने यो समूहले रगत संकलनसँगै आपतकालिन रक्तदाताको व्यवस्थापनको काम गर्ने जनाएको छ । शनिबारको भेलामा समाजका अध्यक्ष तीर्थराज अवस्थीको पनि उपस्थिती रहेको थियो ।

Facebook Comments