पोखरामा हट एयर बेलुनको व्यवसायिक उडान शुरु

सुन्दर नगरी पोखरा घुम्न आउने पर्यटकले अव थप मनोरञ्जन पाउने भएका छन् । बेलुन नेपाल प्रालिले पोखरामा ‘हट एयर’ बेलुनको उडान शुरु गरेसंगै अव बेलुनमा उडेर पोखरा, फेवाताल र हिमालका मनोरम दृश्यावलोकन गर्न पाइने भएको हो ।

शनिबार देखी प्रालिले बेलुनमा उडेर मनोरञ्जन लिन पाउने गरि उडान सञ्चालनमा ल्याएको छ । बेलुनको पहिलो उडानको आज आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो । सो अवसरमा मुख्य मन्त्री गुरुङ्गले गण्डकी प्रदेशले २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ अगाडि बढेको भन्दै पछिल्लो समय थपिएका नयाँ पर्यटकीय क्रियाकलापले पोखराको प्रचार प्रसार गर्न टेवा पुग्ने बताउनुभयो ।

संचालनमा आएको एउटा बेलुनमा अहिले एकपल्टमा आठ जनाले उडान भर्न सक्ने छन भने निकट भविष्यमै दुईवटा बेलुनबाट सेवा सुरु गर्ने बेलुन नेपाल प्रालिका प्रबन्ध निदेशक प्रविण महर्जनले जानकारी दिनुभयो । प्रालिले नेपाली पर्यटकलाई प्रतिव्यक्ति ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर शुल्क निर्धारण गरेको छ ।

तस्वीर सौजन्यः सुदर्शन रञ्जित

Facebook Comments