सहकारीले ३० प्रतिशत कृषिमा लगानी गर्नुपर्छ : मन्त्री थापामगर

जनसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कृष्णप्रसाद पौडेल चयन हुनुभएको छ । संस्थाको शुक्रबार सम्पन्न भएको ११ औँ साधारणसभाले अध्यक्षको रिक्त पदमा पौडेललाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरि उपाध्यक्षमा बुद्धिसागर घिमिरे, कोषाध्यक्षमा चिजकुमार जोशी र सदस्यमा शिवकुमार लामिछाने रहनुभएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखवहादुर थापामगरले सरकारले एक सहकारी एक उत्पादनको नीति ल्याउन लागेको जानकारी दिनुभयो । गण्डकी प्रदेशमा तीन हजार ५ सय सहकारी रहेको र सबैले एउटा÷एउटा उत्पादन गर्दा पनि प्रदेशभर तीन हजार ५ सय उत्पादन हुने उहाँको भनाई थियो ।

मन्त्री थापाले प्रदेशका सहकारी संस्थाहरुमा अहिले रु.६५ अर्वको हाराहारीमा पुँजी रहेको र प्रत्येक सहकारीले आफ्नो कूल पँुजीको ३० प्रतिशत कृषिमा लगानी गर्नुपर्ने उल्लेख गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य राजकाजी गुरुङ(करण) ले देश समृद्ध बनाउनको लागि सर्वप्रथम सबै नागरिक आर्थिक रुपमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments