प्रथम आदर्श महोत्सवको दोश्रो दिन ५० लाखको कारोबार

प्रथम आदर्श महोत्सवको दोश्रो दिन शनिवार महोत्सवमा ८ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन भने ५० लाखको कारोवार भएको छ । महोत्सवको दोश्रो दिन शनिवार र यो सिजनको पहिलो महोत्सव भएकाले पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको महोत्सवका संयोजक किसान गुरुङले जानकारी दिनुभयो ।

महोत्सवमा शनिवार पछिल्लो समय चर्चामा रहेका प्रकाश सपुतको प्रस्तुती रहेको थियो । राष्ट्रिय लोकदोहोरी कलाकारहरु प्रजापती पराजुली, अम्बर धिताल, काजल गुरुङ, भुमिका गिरी, नितु झा, कमला गैरै, चोलेन्द्र पौडेल लगायतले लोकदोहोरी मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए । हाश्यब्यङ्ग्यतर्फ पोखरेली माग्ने बुढा र धुर्मसको प्रस्तुती रहेको थियो । त्यसैगरी लाइभ ब्याण्डतर्फ मन्त्रको प्रस्तुती रहेको थियोभने एमजे डान्सको नृत्य रहेको थियो ।

Facebook Comments