आइतबार पोखरामा धार्मिक शान्ति र्याली हुने

पोखरामा आइतबार धार्मिक शान्ति ¥यालीको आयोजना हुने भएको छ । पूर्णब्रह्म कबीर उपासक समाज नेपालले आइतबार पूर्वान्ह १०ः३० बजे धार्मिक शान्ति र्यालीको आयोजना गर्ने शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

पोखराको नदीपुरबाट सुरु हुने धार्मिक शान्ति र्याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, सभागृहचोक, पृथ्वीचोक, नयाँबजार हुदैँ नदीपुरमा पुगेर कार्यक्रममा परिणत हुने कार्यक्रम संयोजक कुमार दासले जानकारी दिनुभयो ।

कार्यक्रम मार्फत आदि सनातन धार्मिक जागरण फैल्याउँदै मित्र राष्ट्र भारतमा मुद्धा चलाइएका नेपाली भक्तात्मालाई स—सम्मानपूर्वक मुक्त गराउन नेपाल सरकारको ध्यान आकर्षण गरिने जनाईएको छ । कुटनीतिक नियोग मार्फत भारत सरकारलाई अनुरोध गरि जनतालाई परेको मर्कामा साथ दिन नेपाल सरकार समक्ष अपिल गर्ने आयोजकले जनाएको छ ।

Facebook Comments