पोखरा महानगरमा मेलमिलापकर्ता सूचिकृत, न्यायमा पहुँच बृद्धि हुने अपेक्षा

पोखरा महानगरपालिकाले संविधानले गरेको स्थानीय तहका विवाद समाधानका लागि प्रक्रिया अगाडि बढाएको छ । ले न्यायिक समिति गठन गरि मेलमिलापकर्ता छनोट गरिएको हो । पोखरा महानगर पालिकाले मेलमिलापकर्तालाई सूचिकृत भएको पत्र हातमा थमाउदै विवाद समाधानका लागि अगाडि बढेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्षपछि महानगरको न्यायिक समितिले गति लिएको हो ।

आइतबार महानगरको सभाहलमा मेलमिलापकर्तालाई एकदिने अभिमुखिकरण सहित सुचिकृत भएको पत्र मेलमिलापकर्तालाई वितरण गरिएको छ । कार्यक्रमका वोल्दै प्रमुख अतिथी उच्च अदालत पोखराका मुख्य न्यायाधिश कुमार चुँडालले भरसक अदालत जान नपर्ने स्थिति सिर्जना गर्नुपर्ने बताउनुभयो अदालतमा सत्यको खोज महत्वपूर्ण हुने उहाँको भनाई थियो ।

अदालतले पीडितलाई निष्पक्ष न्याय दिन असमर्थ रहेको स्वीकार गदै मेलमिलापकर्ताले न्यायाधीशको जस्तो भुमिका निभाउँनेमा बिश्वस्त उहाको भनाई थियो । पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवि गुरुङले स्थानीय तहमा हुने विवादलाई मेलमिलापको माध्यमबाट समाधान गदै न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य न्यायिक समितिको रहेको बताउनुभयो । उहाँले नेपालमा संघीयताको अभ्यास गर्दा उल्टोबाट सुरुवात भएको बताउनुभयो ।

महानगरपालिकाका प्रशासकीय अधिकृत शेषनारायण पौडेलले अझै पनि नागरिकहरु न्याय माग्न प्रहरी प्रशासन र अदालत जान नसक्ने अवस्थामा रहेको बताउनुभयो । कार्यक्रममा महानगरका उजुरी प्रशासक नारायणप्रसाद शर्माले न्यायिक समिति र मेलमिलापकर्ताको भुमिका, न्यायिक समिति गठन, न्यायिक समितिको अधिकार, मेलमिलाप गराउने अधिकार, अधिकार क्षेत्रको प्रयोग, स्थानीय सरकार सञ्चालन ऐन, न्याय सम्पादन प्रक्रिया लगायतका बारेमा जानकारी गराउनुभएको थियो । समितिले ८८ जना मेलमिलापकर्ताको चयन गरेको छ । उनीहरुलाई पुर्नताजकी तालिमका साथै ४८ घन्टे तालिम दिने समितिले जनाएको छ ।

Facebook Comments