पोखरामा धार्मिक र्याली

पोखरामा पहिलो पटक धार्मिक शान्ति र्याली निकालिएको छ । पूर्णब्रह्म कबीर उपासक समाज नेपालले धार्मिक शान्ति र्यालीको आयोजना गरेको हो । उक्त शान्ती र्यालीमा स्वतः स्फूर्त रुपमा हजारौ भक्तजनको सहभागिता रहेका थियो ।

¥यालीमा हत्या हिसां वन्द गरौं, भ्रष्टाचारको अन्य गरौं भन्दै सहभागीहरुले नारावाजी गरेका थिए । र्यालीमा सहभागीले वैदिक सनातन धर्मलाइ अवलम्वन गरौं, हत्या हिंसा त्यागौं शाहाकारी वनौं, पशुपक्षीमा पनि आत्मा छ, सवैले माया गरौ लगाएत लेखिएका प्लेकार्ड वोकेका थिए ।

पोखराको नदीपुरबाट सुरु भएको धार्मिक शान्ति र्याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, सभागृहचोक, पृथ्वीचोक, नयाँबजार हुदैँ नदीपुरमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

उक्त कार्यक्रम मार्फत आदि सनातन धार्मिक जागरण फैल्याउँदै मित्र राष्ट्र भारतमा मुद्धा चलाइएका नेपाली भक्तात्मालाई स-सम्मानपूर्वक मुक्त गराउने लक्ष रहेको बताइएको छ । नेपाल सरकारको ध्यान आकर्षण गराउनुका साथै कुटनीतिक नियोग मार्फत भारत सरकारलाई अनुरोध गरि जनतालाई परेको मर्कामा साथ दिन नेपाल सरकार समक्ष अपिल गरेको आयोजकले जनाएको छ ।

Facebook Comments