पोखरामा आटिएफ जुुनियर टेनिस शुरु

कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ र २ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालका सौगात खड्काले विजयी शुरुवात गरेका छन् । उनले नेपालकै सफल श्रेष्ठलाई ६–०, ६–३ को सोझो सेटमा जित हाँसिल गरेका हुन् ।

भारतका अचिन्ता बर्माले पनि पहिलो खेलमा जित दर्ता गराए । बर्माले नेपालका चिराग तिमिल्सीनामाथि ६–७, ६–४ र ६–२ को कठिन जित निकाले । नेपालकै इशान गुरुङ्गले स्लोक कैसर खड्कालाई ६–४, ६–१ ले, प्रितम परियारले निहाल जंगबहादुर थापालाई ६–१, ७–६ ले, श्रेयास पौडेलले श्रीयोग अधिकारीलाई ६–३, ३–६ र ६–३ ले पराजित गरे ।

नेपालका राज बिर प्रधानले भारतका आयुष भारद्वाजलाई ६–०, ६–३ ले, आयुष्मान अजुर घलेले सञ्जय पहारीलाई ६–०, ६–० ले, रक्षम बिक्रम शाहले आयुष पहारीलाई ६–०, ६–३ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका छन् । महिलातर्फको खेलमा श्रीया भट्टराईले अद्या पौडेललाई ६–२, ६–२ ले, इशाश्री शाहले सुनिरा थापालाई ६–२, ६–२ ले तथा सुभाङ्गी लक्ष्मी शाहले प्रकृती श्रेष्ठलाई ६–४, ६–३ ले पराजित गरेकी छन् ।

Facebook Comments