नेशनल प्याब्सान कास्कीको आयोजनामा खेलकुद महोत्सव हुने

निजि तथा आवासिय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल, कास्की (एन प्याब्सान कास्की)को आयोजनामा एन प्याब्सान खेलकुद महोत्सव हुने भएको छ। महोत्वसवको १२ औ सस्करण मंसीर १८ गते देखि २१ गते सम्म पोखरा रंगशालामा हुने भएको हो।

‘एन प्याब्सान कास्कीको संकल्प ः खेलकुद शिक्षाको अभिन्न अंग’ भन्ने मुल नारा लिएको उक्त प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्याण्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा सञ्चालित हुनेछन्। महोत्सवलाई सफल बनाउनका लागि एन प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

महोत्सवमा नेसनल प्याब्सान, कास्कीमा आवद्घ चार दर्जन विद्यालयको सहभागि रहने छ। कार्यक्रम सम्पन्न गर्न करिव २० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको कोषाध्यक्ष रत्ना गुरुङले जानकारी दिनुभयो । खेलाडीहरुको नामावाली, फोटो, कक्षा, रोल नं स्पष्टसंग सम्बन्धित विद्यालयका प्रिन्सिपलले प्रमाणीत गरी मंसिर १४ गते भित्र अनिवार्य रुपमा पठाउनुपर्ने व्यवस्था गरिएको अध्यक्ष मोचीले जानकारी दिनुभयो।

Facebook Comments