बृहत तमु फो ल्होसार महोत्सव २०७५ आयोजना गरि ल्होसार मनाईने

त मु जातिले यस वर्ष पनि ल्होसार पर्व भव्यताका साथ मनाउने भएका छन् । तमु प्ये ल्हु संघले “बृहत तमु फो ल्होसार महोत्सव २०७५” को आयोजना गरि मनाउने भएको हो । संघले पुस १२ देखि १६ गते ५ दिन सम्म विविध कार्यक्रमको आयोजना गरि मनाउने सोमबार पोखरामापोखरामा  पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । महोत्सवको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ ।

सामाजिक, साँस्कृतिक, आर्थिक, पर्यटकिय विकासको प्रवद्र्धन गर्न, सबै जातजाति र धर्म संस्कृतिप्रति सद्भावपूर्ण वातावरण सृजना गर्न र सहिष्णुता कायम राख्न, तमु ल्होसार पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, लोपोन्मुख तमु जातिको मौलिक धर्म, शास्त्र, संस्कार, संस्कृति ( प्ये ताँ ल्हु ताँ ) को संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्दै व्यापक प्रचारप्रसार गर्न र खेगी ( तमु गुरु ) प्रशिक्षण केन्द्र स्थपना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको तमु प्ये ल्हु संघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक हितकाजी तमुले जानकारी दिनुभयो ।

तमुका अनुसार ५ दिने महोसत्वको पहिलो दिन मंसिर १२ गते पूर्वान्ह ११ बजे पोखराको मानवअधिकारचोकदेखि झाँकी सहितको र्याली सुरु भएर चिप्लेढुङ्गा हुदैँ अमरसिंह चौरमा गई महोत्सवको औपचारिक उद्घाटन गरिने छ । त्यस पछिको कार्यक्रम भने पोखरा—११ रानीपौवा स्थित आफ्नै संस्थाको प्राङ्गणमा कार्यक्रम हुने छ ।

कार्यक्रममा राष्ट्रिय कलाकारबाट मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत हुने छन् । साथै कविता÷मुक्तक वाचन, दोहोरी गीत प्रस्तुत, डकुमेन्ट्री शो एवम् फोटो प्रदर्शनी, रक्तदान, प्रजचन, खेलकुद, युवाहरुद्धारा नृत्य प्रदर्शन, बोन फायर ( राति १२ बजे ), छ्योपा त्हेँ, थासोँ त्हेँ, रिमे त्हेँ ग्रह शान्ति, रुपा लगाउने, पित्रीको नाममा बत्ती बाल्ने, सम्मान पत्र वितरण सहित पुस १६ गने कार्यक्रमको समापन गरिने छ ।

विभिन्न १८ जिल्ला र विदेशबाट समेत सहभागीता रहने कार्यक्रममा ५ दिन सम्म ३ लाखको सहभागीता रहने अपेक्षा गरिएको संघका सचिव तथा प्रचारप्रसार समितिका संयोजक बुद्धिप्रसाद तमुले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवलाई सफलताका साथ सम्पन्न गराउन विभिन्न २३ वटा उपसमिति गठन गरिएको छ ।

Facebook Comments