गण्डकी बैंकको बार्षिकोत्सवका अवसरमा रक्तदानका साथै बृद्धाश्रमलाई सहयोग

गण्डकी विकास बैंक लिमिटेडको १२ औं बार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालय पोखरा चिप्लेढुंगाको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा ८१ युनिट रगत संकलन भएको छ । बैंकका संचालक पद्मप्रसाद पौडेलले पहिलो रक्तदाता कृष्ण पौडेललाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

उहाँले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान लगायतका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले विगतदेखि नै गण्डकी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको र आगामि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता गर्नुभयो ।

बार्षिकोत्सवकै अवसरमा लेखनाथ लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रममा न्यानो कपडा, ओड्ने च्यादर र खाद्यन्न वितरण गरिएको नायव कार्यकारी प्रमुख छविन्द्रनाथ शर्मा जानकारी दिनुभयो । उहाँका अनुसार बृद्धाश्रममा आश्रित ४६ जना ज्येष्ठ नागरिक र राधाकृष्ण मन्दिर परिसरमा रहेको संस्कृत पाठशालामा अध्ययनरत बटुकहरुलाई न्यानो कपडा स्वीटर र ओड्ने च्यादर प्रदान गरिएको हो ।

यसैवीच गण्डकी विकास बैंकले आर्थिक बर्ष ०७४÷७५ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १४.२० प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको हो । नगद लाभाशं वितरण गर्नका लागि बैंकलाई नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भइसकेको बैंकले जनाएको छ । बैंकले केन्द्रीय कार्यालय र केही शाखाबाट ३६५ दिन नै सेवा प्रवाह गर्ने र सन्ध्याकालीन काउन्टर सञ्चालन गर्ने तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत थापाले जानकारी दिनुभयो । बैंकको केन्द्रीय कार्यालयका साथै देशका विभिन्न स्थानमा ७७ वटा शाखा रहेका छन् ।

Facebook Comments