जेसि आई पोखराको ३९ औ अधिबेशन शुक्रबार हुने

जेसीआइ पोखराको ३९ औ अधिवेशन तथा ४४ औ बार्षिक साधारण सभा शुक्रबार पोखरामा हुने भएको छ । १८ देखी ४० वर्ष भित्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने अग्रणी संस्था जेसीआइ पोखराको अधिवेशन तथा साधारण सभा शुक्रबार पोखरा ११ रानिपौवा स्थित रन्जित इभेन्ट सेन्टरमा हुने भएको हो ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । शुक्रबार अपराह्न ५ बजे समुद्घाटन शत्र हुने अधिवेशनको बन्द शत्र शनिबार सोही ठाउँमा हुने जेसीआइ पोखराले जनाएको छ । पहिलो दिन समुद्घाटन पश्चात जेसिआइ पोखराका सदस्यहरु र पुर्व अध्यक्षहरुसँग अन्तक्रिया कार्यक्रम रहेको सञ्चार सम्पर्क अधिकारी भाइराज रानामगरले जानकारी दिए । उनका अनुसार समुद्घाटन कार्यक्रममा बिभिन्न बिधा अन्तर्गत उत्कृष्ट जेसिज सदस्यहरुलाइ बिभिन्न अवार्डमार्फत पुरस्कृत समेत गरिने छ ।

अधिवेशनबाट बर्ष २०१९ का लागि १ जना अध्यक्ष, १ जना कार्यकारीणी उपाध्यक्ष सहित ४ जना उपाध्यक्ष र ४ जना निर्देशक निर्वाचित हुनेछन । निर्वाचित अध्यक्षले कानुनि सल्लाहकार, महासचिव, कोषध्यक्ष सहितको सञ्चालक समिति मनोनित गर्ने प्रावधान रहेको छ । बर्ष २०१९ का लागि ३ जना उम्मेद्वार चुनावी प्रतिश्पर्धामा रहेका छन् । अध्यक्षका लागि जेसि शालिकराम गिरी, जेसि धन बहादुर शाही र जेसि शिव सापकोटा अध्यक्षका दावेदार रहनुभएको छ ।

Facebook Comments