पिसजोनका विद्यार्थीद्वारा सरसफाइ

पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीका विद्यार्थीले सामाजिक कार्य अन्तर्गत सरसफाई गरेका छन् । मृर्गौला पीडित बिरामीका लागि रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरा ७ ढाँडमा ४ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागेको मृगौला डाइग्लोसिस भवन निर्माण स्थानमा बृहत् सरसफाइ कार्यक्रम गरेका छन् ।

४ रोपनी क्षेत्रफलमा लामो समयदेखि थुृप्रिएर रहेका विभिन्न प्रकारका फोहोरहरु विद्यार्थीले सङ्कलन गरेर सोही स्थानमा नष्ट गरेका हुन् । विद्यालयका कक्षा ७ देखि १० सम्मका करिब १ सय ५० विद्यार्थी शिक्षक, कर्मचारी सम्मिलित टोलीले त्यस क्षेत्रको सरसफाइ गरेको रोटरी क्लब अफ पोखरा लेकसाइडका सदस्य योगेन्द्र शर्मा दाहालले जानकारी दिनुभयो ।

छिट्टै १० वटा मृगौला डायग्लोसिस मेसिनबाट मृगौला पीडित बिरामीको उपचारार्थ निर्माण गर्न लागिएको भवन निर्माण स्थलको झाडी फाँड्ने, ढुङ्गा टिप्ने, फोहोरहरु सङ्कलन, वर्गीकरण गर्ने र नष्ट गर्ने काममा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

Facebook Comments