बालबालिकाले पढाइ छोड्ने अवस्था नआओस् : महानगर प्रमुख जिसी

आधारभुत तहसम्मको शिक्षा अनिवार्य गर्ने ब्यवस्था अन्र्तगत पोखरा महानगरपालिकाको वडा नम्वर २७ लाइ विहिवार बालबालिका लागि विद्यालयको सुनिश्चितता भएको पोखरा महानगरको वडा घोषणा गरिएको छ । नेपालको संविधानले आधारभुत तहलाई अनिवार्य गर्ने ब्यस्था गरे अनुसार विद्यालय उमेर समुहका (५ देखि १२) वर्षसम्मका सम्पूर्ण बालबालिकाहरुका लागि विद्यालयको सुनिश्चिता वडा घोषणा गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले उक्त वडामा विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा भर्ना गरिएपछि विद्यालय सुनिश्चितता वडा घोषणा गर्नुभएको हो । उहाँले विद्यालयमा अध्ययनरत बालबालिकाले पढाइ छोड्ने अवस्था नआओस् भनी सोच्नुपर्ने वताउनभयो ।

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बालबालिकाको मनोभावना अनुसार शिक्षा प्रदान गर्नुपर्ने बताउँनुभयो । शिक्षालाई प्रविधिसंग जोडेर लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा विद्यालय निरिक्षक विश्वराज आचार्य, वीर आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन इन्द्र बहादुर गुरुङ्ग , डायमण्ड माविका प्रधानाध्यापक यम बहादुर रोका,समाजसेवी लेप्टन धन बहादुर गुरुङ्ग कम्प्युटर तालिम प्रशिक्षक झलकराज पौडेल जनप्रतिनिधिहरु लगाएतले वर्तमान शिक्षाको अवस्थाको वारेमा आ आफ्नो धारणा राखेका थिए ।

Facebook Comments