नेकपामा विशेष प्रदेश कमिटी बनाइने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष प्रदेश कमिटी बनाउने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले राजधानीमा रहेका विशेष जिल्ला कमिटीहरु चलाउन विशेष प्रदेश कमिटी बनाउने निर्णय गरेको हो ।

बैठकमा आएका सुझावलाई समेटेर मापदण्डलाई अन्तिम रुप दिने र आसन्न स्थायी कमिटी बैठकमा पेश गर्ने निर्णय समेत प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । भोलिको बैठकमा केन्द्रीय सदस्यहरुको जिम्मेवारीबारे छलफल हुने पार्टीले जनाएको छ ।

Facebook Comments