सरकार एनजिओको कायक्रममा लागेको भन्दै काँग्रेसको आपत्ति

दी एसिया प्यासिफिक समिट २०१८ मा सरकार सह आयोजक बनेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । क्रिश्चियन धर्म विस्तारका लागि स्थापना भएको युनिर्भसल पिस फेडरेसन युपीएफको नेपाल शाखाले मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा गर्ने सम्मेलनमा प्रधानमन्त्रीको उपस्थिति रहने छ भने संघिय सरकार त्यसको सह–आयोजक रहेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज पत्रकार सम्मेलन गरी कञ्चनपुरमा भेटिनुपर्ने सरकार आईएनजीको कार्यक्रममा भेटिएको टिप्पणी गर्नुभयो । छोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै धर्नार्मा बसेका बुवाको मानसिक स्वास्थ्यमा समस्या आएको भन्दै उहाँले यसमा सरकारले चासो नदिएको प्रति दुःख व्यक्त गर्नुभयो । राष्ट्रिय सरोकारको बिषयमा मौन रहेको सरकारले आईएनजीको कार्यक्रममा ध्यान दिएको भन्दै प्रवक्ता शर्माले दुःख व्यक्त गर्नुभयो । यसबारेमा आफुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराईसकेको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments