बाबा आनन्द सञ्चार पुरस्कार– २०७५ बाट पत्रकार दीपक परियार सम्मानित

बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा स्थापित बाबा आनन्द सञ्चार पुरस्कार– २०७५ कान्तिपुर दैनिकका पत्रकार दीपक परियार सम्मानित हुनुभएको छ । पोखरामा श्रेष्ठको स्मृति दिवसका अवसरमा पत्रकार परियारलाई नगद १९ हजार ५ सय ५५ रुपैयाँ र दोसल्ला ओडाई सम्मान गरिएको हो ।

पुरस्कार अर्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखराको वातावरण पनि विग्रदैं गएको भन्दैं संरक्षणका लागि पहल गर्न पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराउनुभयो । उहाँले पोखरामा पनि बायू प्रदुषण तोकिएको मापदण्डभन्दा बढी रहेको भन्दै बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पुरस्कृत व्यक्ति परियारले वातावरण र बालबालिकाको क्षेत्रमा निरन्तर कलम चलाईरहेको र आगामि दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । परियार बिगत ११ बर्षदेखि पोखरामा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । जनदिशा राष्ट्रिय दैनिकबाटबाट पत्रकारिता सुरु गर्नुभएका परियारले स्वाभिमान साप्ताहिक, गोरखापत्र राष्ट्रिय दैनिक, हटलाइन दैनिक, समाधान दैनिक, नेपाल खबर डट कम, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक लगायतमा काम गर्नुभएको थियो ।

परियारसँग गण्डकी खबर दैनिकको संवाददाताबाट सहसम्पादक हुँदै कार्यकारी सम्पादकको जिम्मेवारी सम्हालेको अनुभव छ । बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणको बिषयमा बर्ष भरी उष्कृष्ट लेख तथा समाचार पकाशन एवं प्रशारण गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मीलाई पुरस्कार प्रदान गर्ने बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments