नेपाल सरकारको सामाजिक सुरक्षा योजना शुरु, नयाँ युगको प्रारम्भ भएको प्रधानमन्त्रीको उद्घोष

नेपाल सरकारको सामाजिक सुरक्षा योजना शुरु भएको छ । नयाँ युगको आरम्भ भन्दै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त योजनाको आज काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच उद्घाटन गर्नुभयो ।

योजनाअनुसार सूचिकृत रोजगारदाता कम्पनीले सबै श्रमिकको आधारभूत परिश्रमिकबाट ११ प्रतिशत र कम्पनीका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कोषमा जम्मा गरिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कार्तिक २७ गते राजपत्रमा सूचना प्रकाशित गरी योजनामा सूचिकृत हुन सबै रोजगारदाता कम्पनीलाई समयसीमा दिएको छ ।

योजनामा समावेश भएका श्रमिकले सामाजिक सुरक्षा कोषबाट ४ प्रकारका सुविधा पाउने व्यवस्था गरिएको छ । सो व्यवस्थाअनुसार श्रमिकले औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिएको छ ।

कार्यक्रमअनुसार योजनामा समावेश भएको दिन देखि नै दुर्घटना तथा अशक्तता योजनाको सुरक्षा पाउने छन् भने रोजगारी जन्य दुर्घटना तथा व्यवसायजन्य रोगको उपचारमा लाग्ने सम्पूर्ण खर्च योजनामा समेटिएको छ । व्यवसायजन्य रोगको उपचारका लागि भने कोषमा २ वर्ष सम्म योगदान गरेको हुनुपर्छ ।

त्यस्तै, अन्य दुर्घटनामा सात लाख रुपैयाँसम्मको उपचार खर्च कोषबाट उपलब्ध हुने व्यवस्था गरिएको छ । तर, सडक दुर्घटना अन्य प्राकृतिक दुर्घटना वा अन्य विमाबाट रकम पाउने देखिए कोषबाट सुविधा प्राप्त नहुने व्यवस्था गरिएको छ । सामाजिक सुरक्षाकोषमा योगदानकर्ताको निधन भएमा आश्रितले पनि सुविधा पाउने व्यवस्था गरिएको छ ।

यसअन्तरगत पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत तलबमानको ६० प्रतिशतका दरले आजीवन पेन्सन पाउनेछन । साथै १८ वर्षभन्दा कम उमेरका छोरा छोरी रहेकामा ती छोराछोरीका अध्ययनका लागि थप ४० प्रतिशत शैक्षिक वृत्ति पाउनेछन् । पति पत्नी वा छोरा छोरी कोही नभएका अवस्थामा आश्रित बुवा आमाले ६० प्रतिशत रकम आजीवन पाउनेछन ।

योगदानकर्ता अवकाश भएपछि बृद्धाअवस्था सुरक्षा योजना अन्तरगत निविर्तिभरण पाउनेछन् । कोषमा योगदान गरेका श्रमिकले १५ वर्ष पछि योगदान गरेको रकमका आधारमा आजीवन पेन्सन वा उपदान पाउने व्यवस्था गरिएको छ । सरकारले वर्तमान संविधानको धारा ३४ मा उल्लेखित उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित समाजिक सुरक्षाको हक सुनिश्चित गर्न यो योजना कार्यान्वयनमा ल्याएको हो ।

नयाँ युग प्रारम्भ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको समाजिक सुरक्षा योजना विश्वकै लागि उदाहरणीय रहेको बताउनुभएको छ । प्रज्ञा भवन कमलादीमा पहिलो सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित समाजिक सुरक्षा योजना कार्यान्वयन कार्यक्रममा ओलीले गर्भमा रहेदेखि मृत्युपर्यान्तसम्म व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्न सरकार सफल भएको बताउनुभयो ।

सामाजिक सुरक्षा योजनाको सुरु गर्दै प्रधानमन्त्री ओलीले २५ वर्षअघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएको भन्दै यसको परिकल्पना गर्दा धेरैले आफूहरूलाई उडाउने गरे पनि आज सार्थक भएको दावी गर्नुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुभारम्भ ‘सरकार कहाँ छ भनेर प्रश्न गर्नेलाई गतिलो जवाफ भएको उहाँको भनाइ थियो ।

बिरामी, आम्दानी भएका र नभएका सबैका लागि यो कार्यक्रम फलदायी हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । केही दिनअघि मात्र नेपाली काँग्रेसले सरकार कहाँ छ भन्दै पत्रकार सम्मेलनमार्फत प्रश्न गरेको थियो । प्रधानमन्त्री ओलीले जनता निराश हुनुपर्ने कुनै कारण नभएको र सरकार जनताले देखाएको बाटोमा हिड्ने प्रतिबद्धता जनाउनुयो ।

प्रधानमन्त्री ओलीले सरकारले सकेको जति काम गरेको भन्दै आफ्नो नीति र कार्यक्रम अनुसार काम गरिरहेको दावी गर्नुभयो । मेलम्ची खानेपानी आयोजना पनि किन पूरा भएन भन्ने आलोचना आफूले सुनेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकार गठन भएपछि दिनरात गरेर काम भइरहेको दावी गर्नुभयो । सरकार नीति, कार्यक्रम र भिजनमा स्पष्ट रहेको र कार्यान्वयनको दिशामा रहेको उहाँले उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेसको उदारीकरण नीतिलाई प्रधानमन्त्री ओलीले नक्कलको भरमा ल्याएको संज्ञा दिनुभयो ।

प्रधानमन्त्री ओलीले आफूहरूले ज्येष्ठ नागरीकलाई भत्ता दिँदा ढुकुटी रित्याएको आरोप समेत खेप्नुपरेको बताउनुभयो । सामाजिक सुरक्षाको योजनाले श्रम गर्ने सबैलाई समेट्नेमा जोड दिँदै प्रधानमन्त्रीले आम्दानी अपुग हुँदा थप आम्दानी र आम्दानी नै नहुनेले सहायक आम्दानीको रूपमा यसलाई प्रयोग गर्न पाउने धारणा राख्नुभयो । श्रमजीविको उच्च ज्याला लिने चाहना र श्रमदातादाताको उच्च उत्पादन गर्ने चाहनाले अव पूर्णता पाउने प्रधानमन्त्रीको टिप्पणी थियो ।

रोजगारदाता र श्रमिकको असुरक्षित यात्रा समाप्त : श्रम मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएपछि रोजगारदाता र श्रमिकको असुरक्षित यात्रा समाप्त भएको बताउनुभएको छ ।

मन्त्री विष्टले अबदेखि श्रमिकमा काममा प्रतिबद्धता आउनुका साथै उत्पादन बढ्ने विश्वाससमेत व्यक्त गर्नुभयो । नेपालमा श्रमको सम्मान गर्दै थप रोजगारीको अवसर बढ्ने भन्दै उहाँले नेपाली श्रम र सीपलाई बढाउदै लैजान योजना सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्ने उहाँको भनाइ छ । श्रमिकले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने उहाँले बताउनुभयो ।

औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च प्राप्त गर्ने उहाँले जानकारी गराउनुभयो ।

कार्यविधिमा उल्लेख भएका सेवा सुविधाहरु
परिच्छेद २
३. औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना

यस अन्र्तगत देहाय बमोजिमका योजना सञ्चालन हुनेछ
(क) औषधी उपचार तथा स्वास्थ्य सुरक्षा योजना
(ख) योगदानकर्ता वा योगदानकर्ताको श्रीमतीलाई मातृत्व सुरक्षा योजना

४ योगदान र सुविधा अवधि सम्बन्धमाः

सामाजिक सुरक्षा कोषमा ६ महिना योगदान गर्ने योगदानकर्ताले यस योजना बमोजिमको औषधी उपचार तथा स्वास्थ्य सुविधा पाउने छन् । तर मातृत्व सुरक्षावापत दफा ३ को देहाय (ख) वमोजिमको सुविधा अठार महिनाको अवधिमा बाहृ महिना योगदान गरेको अवस्थामा मात्र पाउनेछन् ।

५. औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्र्तगत पाउने सुविधाहरु

यस योजना अन्र्तगत योगदानकर्ताले देहाय बमोजिमको सुविधा प्राप्त गर्नेछन् ।
(क) चिकित्सकको परामर्श सेवा,
(ख) अस्पताल भर्ना तथा शल्यक्रिया वापतको शुल्क,
(ग) रोगको परीक्षण तथा उपचार वापतको खर्च,
(घ) औषधिको बिल वमोजिमको खर्च,
(ङ) योगदानकर्ता वा योगदानकर्ताको श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्मको शिशुको उपचार वापतको खर्च,
(च) अस्पतालमा भर्ना नभएको तर उपचारका लागि अस्पतालमा आवत जावत गर्न सक्ने अवस्था नभई घरैमा बसी उपचार गराएकोमा चिकित्सक वा स्वास्थ्यकर्मीले विरामीको घरमै गई प्रदान गरेकोपरामर्श सेवा बापतको शुल्क ।

६. सुविधाको सीमा 
योगदानकर्तालाई देहायको अवस्थामा देहाय बमोजिम स्वास्थ्य सुविधा प्रदान गरिनेछ ।
(१) अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रुपमा एक लाख रुपैयाँमा नबढ्ने गरी निजलाई प्रदान गर्ने सुविधाको रकम निज भर्ना भएको अस्पतालमा सिधै भुक्तानी गरिनेछ ।
(२) दफा ५ को देहाय (ङ) को अवस्थामा योगदानकर्ता वा योगदानकर्ताको श्रीमती तथा नवजात शिशुको उपचार खर्च समेत उल्लेखित रकमको हदमा नवढ्ने गरी दावी गर्न सकिने छ ।
(३) अस्पताल भर्ना भई उपचार गराउनुपर्ने अवस्था बाहेकका योगदानकर्ताहरुलाई चिकित्सकको प्रेस्क्रिप्सन बमोजिम दफा ५ बमोजिमको सुविधा वार्षिक रुपमा बढीमा पच्चीस हजार रुपैयाँसम्म प्रदान गरिनेछ ।

(४) उपदफा (१), (२) र (३) बमोजिमको सुविधा दावी गर्ने योगदानकर्ताले कुल दावी रकमको २० प्रतिशत आफ्नो तर्फबाट व्यहोर्नुपर्नेछ र उपदफा (१), (२) र (३) वमोजिमको कूल रकम एक वर्षमा एक लाख भन्दा बढी हुने छैन ।
(५) महिला योगदानकर्ता वा योगदानकर्ताको पत्नी प्रसूति भएको अवस्थामा प्रसूति स्याहारको लागि प्रति शिशुएक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम उपलब्ध गराईनेछ र यस्तो रकम चौविस हप्ता भन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत प्रदान गरिनेछ । पति र पत्नी दुवै योगदानकर्ता भएको अवस्थामा भने कुनै एक जनाले मात्र यस्तो सुविधा दावी गर्नु पर्नेछ ।

७. बिदा वापतको रकम भुक्तानी 
(१) श्रम ऐन वा प्रचलित कानुन बमोजिम वा सामूहिक सम्झौता बमोजिम रोजगारदाताबाट पारिश्रमिक सहितको बिरामी विदा पाउने अवधि (कम्तीमा वार्षिक बाहृ दिन) भन्दा लामो अवधिसम्म अस्पतालमा बसी उपचार गराउँदा वा चिकित्सकको सिफारिसमा घरमै वसी उपचार गराउनुपर्ने अवस्थाका योगदानकर्ताले त्यस्तो अवधिमा निजको आधारभूत पारिश्रमिकको साठी प्रतिशत रकम बिरामी सुविधा वापत पाउने छ । तर त्यस्तो बिदा अवधि वार्षिक तेह्र हप्ता भन्दा बढी अवधिको भएमा सो अवधिको लागि पारिश्रमिक भुक्तानी गरिने छैन ।

(२) श्रम ऐन, २०७४ वा प्रचलित नेपाल कानुन बमोजिम वा सामूहिक सम्झौता बमोजिम रोजगारदाताबाट पारिश्रमिक सहितको प्रसूति बिदा पाउने अवधि (कम्तीमा साठी दिन) बाहेक प्रसूति बिदा बस्नु पर्दा सो अवधिका लागि निजले खाईपाई आएको आधारभूत पारिश्रमिकको साठी प्रतिशतका हिसावले योगदानकर्तालाई प्रसूति बिदाको रकम सुविधा वापत भुक्तानी गरिनेछ । तर यस्तो रकम श्रम ऐन, २०७४ को दफा ४५(३) वा अन्य प्रचलित नेपाल कानून वमोजिमको प्रसूति बिदा वापत रकम प्राप्त गर्ने साठी दिन समेत जोडी हुन आउने अन्ठानब्बेदिन भन्दा बढी हुने छैन ।

(३) उपदफा (१) र (२) मा उल्लेखित विदा वापतको रकम दफा ६ बमोजिमको रकमको सीमा भित्र समावेश हुने छैन ।
(४) विरामी विदा वा प्रसूति विदा पाउने अवस्थामा रोजगारदाताको व्यवसाय बन्द भएको वा रोजगारी अन्त्य भएको कारण विदा पाउने अवस्था नभएमा रोजगारदाताले प्रदान गर्नुपर्ने विदा अवधिको आधारभूत पारिश्रमिकको साठी प्रतिशत रकम कोषले सम्बन्धित योगदानकर्तालाई भुक्तानी गर्नेछ ।
(५) यस सम्वन्धी अन्य व्यवस्था कोषले समय समयमा किटान गरे वमोजिम हुनेछ ।

८. सुविधा प्राप्त हुन नसक्ने अवस्था

यस कार्यविधिमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायको अवस्थामा योगदानकर्ताले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना अन्तर्गतको सुविधा प्राप्त गर्ने छैनः (क) दुर्घटना भई उपचारको लागि आवश्यक पर्ने अवस्थामा बाहेक प्लाष्टिक सर्जरी तथा दाँतको उपचार वापतको खर्च,
(ख) बारियट्रिक सर्जरी (बोसो निकाल्ने) वापतको खर्च,
(ग) देशव्यापी रुपमा महामारी पैmलिई कोषले खर्च धान्न नसक्ने भै योजना निलम्वन गरेको अवस्थामा । (घ) दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्र्तगत यस परिच्छेदमा उल्लेख भएको समान सुविधा प्राप्त गरेको अवस्थामा । छ
परिच्छेद ३ दुर्घटना तथा अशक्तता सुरक्षा योजना
९. दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट प्राप्त गर्ने सुविधा  योगदानकर्तालाई यस योजना अन्र्तगत निम्न सुविधा प्राप्त हुनेछ

(१) दुर्घटना वापतको सुविधा (२) अशक्तता वापतको सुविधा

१०. सुविधा प्राप्त गर्ने अवस्था 
(१) योगदानकर्ता श्रमिक रोजगारीजन्य ९भ्mउयिथmभलत चभबितभम० दुर्घटनामा परी उपचार गर्नुपर्ने भएमा यस योजना वमोजिमको सुविधा प्राप्त गर्न सक्नेछन्। तर रोजगारीजन्य दुर्घटना वाहेक अन्य दुर्घटनाको हकमा दफा ११(२) वमोजिम सुविधा पाउने छन् ।
(२) उपदफा (१) बमोजिम प्राप्त हुने सुविधा योगदान गरेको मितिबाट लागू हुनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यवसायजन्य रोगको उपचार तथा सो सँग सम्बन्धित अन्य सुविधा कम्तीमा दुई वर्ष योगदान गरेपछि मात्र पाउनेछन् ।

११. योजना सुविधाको सीमाः देहायको अवस्थामा यस योजना वमोजिम सुविधा प्रदान गरिनेछ 

(१) योगदानकर्ता रोजगारीजन्य दुर्घटनामा परी वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च,
(२) रोजगारीजन्य वाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले सात लाख सम्मको मात्र उपचार खर्च व्यहोर्ने छ । तर प्राकृतिक विपत्तिको कारण दुर्घटना भएकोमा वा सडक दुर्घटना भएकोमा वा अन्य वीमा प्रणालीबाट सुविधा पाउने अवस्थामा सामाजिक सुरक्षा कोषलेकुनै खर्च व्यहोर्ने छैन ।
(३) रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगकोकारण अस्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकम मासिक रुपमा निज काममा नफर्कंदासम्म पाउनेछ ।
(४) रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी असक्षमता भएको योगदानकर्ताको असक्षमताको अनुपातमा निजले खाईपाई आएको आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी निजको असक्षमता प्रतिशतको आधारमा जीवनकालभर निवृत्तभरण सुविधावापत मासिक रुपमा रकम पाउनेछ ।
(५) रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले निजले खाईपाई आएको आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकम मासिक रुपमा निज जीवित रहुञ्जेल निजलाई वा निज आफैं हिंडडुल गर्न नसकेमा निजलाई हेरचाह गर्ने आश्रित परिवारको सदस्य वा निजलाई हेरचाह गर्ने अन्य व्यक्ति वा संस्थालाई भुक्तानी गर्ने व्यवस्था गरिनेछ ।
(६) हेरचाह गर्ने व्यक्ति वा संस्थालाई रकम भुक्तानी गर्दा सम्बन्धित गाउँपालिका वा नगरपालिकाकोसिफारिसमा गरिनेछ ।
(७) यस परिच्छेद बमोजिमको असक्षमताको प्रतिशत परिच्छेद ७ बमोजिमको स्वास्थ्य परीक्षण समितिलेकिटान गरे बमोजिम हुनेछ ।
(८) माथि जुनसुकै कुरा लेखिएको भएता पनि दफा १३ बमोजिम आवधिक रुपमा गरिने असक्षमताको अवस्थाको पुनरावलोकन गर्दा असक्षमताको अवस्थामा परिवर्तन आएमा सोही बमोजिम सुविधामा फेरवदल हुन सक्नेछ ।

१२. निवृत्तभरण सुविधाको सीमा

यस परिच्छेद बमोजिम कोषले उपलब्ध गराउने शतप्रतिशत असक्षमता वापतको मासिक निवृत्तभरण रकम नेपाल सरकारले सम्बन्धित क्षेत्रका लागि तोकेको न्यूनतम पारिश्रमिक अंकको साठी प्रतिशत भन्दा घटी र न्यूनतम आधारभूत पारिश्रमिक अंकको तीन गुणा भन्दा बढी हुने छैन । तर असक्षमताको प्रतिशत विस वा सो भन्दा कम भएमा कोषले सो बमोजिम अनिवार्य अवकाशको अवधि र दफा १३ बमोजिमको असक्षमता प्रतिशत तथा अनुसूची १७ बमोजिमको गुणक ९ऋयmmगतबतष्यल ाबअतयचक० को आधारमा हिसाब गरी भुक्तानी गर्न सक्नेछ ।

१३. असक्षमताको प्रतिशतको किटान र पुनरावलोकन 
(१) असक्षमताको प्रतिशत किटान परिच्छेद ७ वमोजिमको स्वास्थ्य परीक्षण समितिलेगर्नेछ ।
(२) यस परिच्छेद बमोजिमको असक्षमताको प्रतिशत प्रत्येक पाँच वर्षमा परिच्छेद ७ बमोजिमकोस्वास्थ्य परीक्षण समितिलेपुनरावलोकन गर्नेछ ।
(३) योगदानकर्ता असक्षमता प्रतिशतको अन्तिम पुनरावलोकन निजको उमेरको ५८औं वर्षमा हुनेछ र सो असक्षमताको प्रतिशतमा आएको परिवर्तनको आधारमा दफा १२ बमोजिम दिनेनिवृत्तभरण रकममा परिवर्तन हुन सक्नेछ ।

परिच्छेद ४ आश्रित परिवार सुरक्षा योजना
१४. आश्रित परिवार सुरक्षा योजनाबाट प्राप्त गर्ने सुविधा

योगदानकर्ताको मृत्यु भएमा यस योजना अन्र्तगत आश्रित परिवारलाई निम्न सुविधा प्राप्त हुनेछ ः
(क) पति वा पत्नीले पाउने निवृत्तभरण
(ख) सन्ततिले पाउने शैक्षिक वृत्ति
(ग) आश्रित वावु आमाले पाउने सुविधा
(घ) अन्तिम संस्कार खर्च

१५. योगदानकर्ताको पति वा पत्नीले निवृत्तभरण पाउने 
(१) दुर्घटना वा व्यवसायजन्य रोगका कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको साठी प्रतिशतको दरले निज जीवित रहेसम्म निवृत्तभरण पाउने छन् ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि योगदानकर्ताको पति वा पत्नीले अर्को विवाह गरेमा वा निजकोवैकल्पिक रोजगार रहेको अवस्थामा भने यो सुविधा दिईने छैन । तर त्यस्तो व्यक्तिको रोजगारी समाप्त भएमा कोषमा निवेदन दिई निवृत्तभरण सुविधा माग गर्न सक्नेछ ।

१६. योगदानकर्ताको सन्ततिले शैक्षिक वृत्ति पाउने 
(१) योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको अठार वर्ष उमेर पुरा नभएको सन्तति रहेको अवस्थामा सो उमेर पुरा नभएसम्म त्यस्तो सन्ततिले शैक्षिक वृत्ति वापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको चालीस प्रतिशत रकम मासिक रुपमा पाउनेछ । तर एक भन्दा वढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको साठी प्रतिशत रकमलाई दामासाहीले प्रदान गरिने छ ।
(२) यदि कुनै सन्तति निरन्तर अध्ययनरत रहेमा त्यस्तो सुविधा एक्काइस वर्षको उमेर पुरा नभए सम्म प्रदान गर्न सकिनेछ । तर निजको विवाह भएमा वा अध्ययन पूरा भएमा त्यस्तो सुविधा प्रदान गरिने छैन ।
(३) माथी उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै सन्तति शारीरिक वा मानसिक रुपमा काम गर्न असक्षम भएमा त्यस्तो सन्ततिको हकमा उमेरको हद लागूहुने छैन ।

१७. बाबु आमाले सुविधा पाउन सक्ने 
(१) योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोरा वा छोरी नभएको तर एकाघर सगोलका आश्रित बाबु आमा रहेछन्भने निजहरुलाई योगदानकर्ताको आधारभूत पारिश्रमिकको साठी प्रतिशत रकम निजहरुको जीवनकालभर मासिक रुपमा कोषले प्रदान गर्नेछ । तर बाबु आमा दुवै जीवित भएमा दुवैलाई दामासाहीले सुविधा प्रदान गरिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निजहरुको वैकल्पिक रोजगार रहेको वा निजले अन्यत्रबाट यसमा लेखिएको भन्दा बढी सुविधा पाउने रहेछ भने यो सुविधा पाउने छैन ।

१८. अन्तिम संस्कार खर्च पाउनेः
जुनसुकै कारणले योगदानकर्ताको मुत्यु भएमा वा कुनै योगदानकर्ता स्थायी असक्षमता भई लामो समय सुविधा पाएपछि मृत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई पच्चीस हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराईनेछ ।

परिच्छेद ५ वृद्ध अवस्था सुरक्षा योजना
१९. योजनामा सहभागी हुनेः
(१) कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चय कोष वापत र ८.३३ प्रतिशत उपदान वापत समेत गरी जम्मा १८.३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोष वापत गर्ने १० प्रतिशत योगदानको रकम गरी जम्मा २८.३३ प्रतिशत रकमबाट कोषले वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गर्नेछ ।
(२) उपदफा (१) वमोजिमकोयोगदानकर्ता श्रमिकले देहायको सुविधा पाउनेछन्ः (क) निवृत्तभरण योजना, (ख) अवकाश सुविधा योजना ।
(३) उपदफा (२) बमोजिमको योजनामा सहभागी हुन योगदानकर्ताले २०७४ साल भाद्र १९ गते भन्दा अगाडिको उपदान वापत श्रम नियमावली, २०७५ बमोजिम प्राप्त गर्ने रकम रोजगारदाताबाट भुक्तानी लिई सो भन्दा पछाडिको उपदान रकम मात्र यस योजनाका लागि पठाउनुपर्नेछ ।

२०. निवृत्तभरण योजनामा सहभागिता सम्बन्धी व्यवस्था ः यस सुरक्षा योजनामा देहाय बमोजिमका श्रमिकहरु समावेश हुन सक्नेछन् ।
(क) २०७६ साल श्रावण १ गते पश्चात कुनै पनि रोजगारदातासँग रोजगार सम्वन्ध कायम भएका श्रमिकहरु,
(ख) प्रचलित कानुन बमोजिमको सञ्चय कोष र उपदान प्राप्त गरिरहेका श्रमिकहरुको हकमा निजहरुले चाहेमा वा निजहरु कार्यरत प्रतिष्ठानमा यस योजनामा सहभागी हुने भनी सामूहिक सम्झौता भएको अवस्थामा समावेश हुन सक्नेछन् ।

२१. निवृत्तभरण योजना अन्तर्गत पाउने सुविधाः
(१) यस योजनामा योगदान गर्ने श्रमिकलाई देहायको अवस्थामा देहाय बमोजिम सुविधा प्रदान गरिनेछ
(क) योगदानकर्ताको अवकाश उमेर पुरा भएपछि निजले कोषमा जम्मा गरेको योगदान रकम (रोजगारदाताको तर्फवाट भएको योगदान समेत) र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगलाई १८० महिना (१५ वर्ष) ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण पाउने छन् ।
(ख) कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कूल योगदान रकम नियमानुसार एकमुष्ठ रुपमा प्रदान गरिनेछ ।
२२. निवृत्तभरण पाउन योग्य हुने अवस्थाः

निवृत्तभरण प्राप्त गर्न योगदानकर्ताको उमेर साठी बर्ष पूरा भएकोर कम्तिमा १८० महिना वा पन्ध्र वर्ष योगदान गरेको हुनुपर्नेछ ।

२३. अवकाश सुविधाः
(१) दफा २० को उपदफा (१) वमोजिम निवृत्तभरण योजना लागूहुनु अगावै रोजगारीमा रहेका योगदानकर्ताले दफा १९ को उपदफा (१) बमोजिम यस कोषमा जम्मा गरिएको सञ्चय कोष र उपदान वापतको योगदान रकम, रोजगारदाताको तर्फवाट गरेको योगदान र सोमा कोषले गरेको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने रकम निज अवकाश हुँदाका वखत एकमुष्ठ भुक्तानी पाउनेछ ।
(२) यस सम्बन्धी अन्य व्यवस्था कोषले समय समयमा तोके वमोजिम हुनेछ ।

२४. निवृत्तभरणको लागि दर किटान गरी बाँकी रकम भुक्तानी गर्न वा अन्य योजना संचालन गर्न सकिने

(१) यस योजनामा माथि जुनसुकै कुरा लेखिएको भएतापनि कोषले श्रमिक र रोजगारदाताको तर्फवाट गरिने कुल योगदान २८.३३ प्रतिशत पुरै निवृत्तभरण योजनामा प्रयोग नगरी सो भन्दा कम दरमा निवृत्तभरण योजना सञ्चालन गर्ने निर्णय गर्न सक्नेछ ।
(२) उपदफा (१) वमोजिम यस योजनामा कम दर किटान भएको अवस्थामा कोषले बाँकी रकम अवकाश सुविधा वापत सम्बन्धित श्रमिकलाई अवकाश उमेर पुरा भएपछि फिर्ता गर्न वा अन्य योजनामा प्रयोग गर्न सक्नेछ । परिच्छेद– ६ योगदानको बाँडफाँड, सुविधा दावी तथा भुक्तानी प्रक्रिया

२५. योगदानको बाँडफाँड ः रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकवाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् र यस्तो रकम कोषले निम्न योजनामा निम्न अनुसार बाँडफाँड गर्नेछ ः
(क) औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागी १ प्रतिशत
(ख) दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको लागि १.४० प्रतिशत
(ग) आश्रित परिवार सुरक्षा योजनाको लागि ०.२७ प्रतिशत
(घ) वृद्ध अवस्था सुरक्षा योजनाको लागि २८.३३ प्रतिशत

२६. सुविधाका लागि निवेदन दिनुपर्नेः
यस कार्यविधि वमोजिम सुरक्षा योजनाहरुमा सहभागी भई सुविधा प्राप्त गर्नको लागि कोषको कार्यालय वा कोषले तोकेको आधिकारिक प्रतिनिधि समक्ष देहाय बमोजिम निवेदन दिनुपर्नेछ ।
(क) औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना बमोजिमको सुविधा प्राप्त गर्न श्रमिकले अनुसूची १ बमोजिम र सोझै अस्पतालले दावी गर्दा अनुसूची २ बमोजिम माग गर्नु पर्नेछ । मातृत्व सुरक्षा योजना बमोजिमको सुविधा प्राप्त गर्न श्रमिकले अनुसूची ३ बमोजिम माग गर्नु पर्नेछ ।
(ख) दुर्घटना तथा अशक्तता सुरक्षा योजना बमोजिमको सुविधा प्राप्त गर्न श्रमिकले अनुसूची ४ बमोजिम माग गर्नुपर्नेछ ।
(ग) दुर्घटना सुरक्षा योजना (व्यवसायजन्य रोग) बमोजिमकोसुविधा दावी गर्न श्रमिकले अनुसूची ५ वमोजिम माग गर्नु पर्नेछ ।
(घ) आश्रित परिवार सुरक्षा योजनामा सहभागि हुनको लागि अनुसूची ६ बमोजिमको दावी फाराम भर्नुपर्नेछ र अन्तिम संस्कार खर्चका लागि अनुसूची ७ वमोजिमको खर्च दावी फाराम भर्नु पर्नेछ ।
(ङ) वृद्ध अवस्था सुरक्षा योजना बमोजिम सुविधा प्राप्त गर्न देहाय बमोजिमको आवेदन मागदावी फाराम भर्नु पर्नेछ ।

कार्यविधि निम्न लिंकमा रहेको छ ।

Click to access 1543319263_np.pdf

Facebook Comments