नेविसंघको महाधिवेशन पुस २८ देखि गर्ने घोषणा

नेपाल विद्यार्थी संघको महाधिवेशन आगामी पुस २८ देखि ३० गतेसम्म गर्ने घोषणा गरिएको छ । नेविसंघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने जानकारी दिएको हो । त्यस्तै, यही मंसिर २२ गते माध्यमिक विद्यालय, उच्च माध्यमिक विद्यालय, सीटीइभीटी र क्याम्पसहरुमा अधिवेशन गरिसक्ने पनि जनाइएको छ ।

यसैगरी, मंसिर २५ गतेभित्र स्थानीय गाउँरनगर अधिवेशन सभा, पुस ८ गतेभित्र उपत्यकाभित्रका क्याम्पस, विद्यालयहरुको अधिवेशन, पुस १४ गतेभित्र ७७ ओटै जिल्लाको अधिवेशन सभा, पुस २० गतेभित्र प्रदेशको अधिवेशन र पुस २८, २९ र ३० गते नेपाल विद्यार्थी संघको १२औं अधिवेशन गरिसक्ने नेविसंघले जनाएको हो ।

तोकिएको समयसीमाभित्र अधिवेशन सम्पन्न नगर्ने जिल्ला समितिहरु स्वतः भंग हुने र महाधिवेशनमा भाग लिन नपाउने पनि नेविसंघले जनाएको छ । पत्रकार सम्मेलनमा नेविसंघका अध्यक्ष नैनसिंह महरले आमनागरिकको लोकतान्त्रिक हक कुन्ठित भइरहेको भन्दै त्यसविरुद्ध सशक्त आवाज उठाउने पनि बताउनुभयो ।

Facebook Comments