मोवाइल फोन मर्मत तालिम सम्पन्न

पोखरामा युवाहरुलाई लक्षित मोवाइल मर्मत तालिम सम्पन्न भएको छ । गुड नेर्वस इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग र नौलो घुम्ती नेपालको व्यवस्थापन सहित हेरोन टेक्निकल प्रा.लि.मा मोबाइल मर्मत तालिम प्रदान गरिएको हो । सिटिईभिटिईको मापदण्ड अनुसार लेभल १ को मोबाइल तालिम प्रदान गरिएको प्रशिक्षक मदनकुमार रन्जितले जानकारी दिनुभयो ।

तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथि नौलो घुम्ती नेपालकी पूर्व अध्यक्ष इन्दिरा बराल, गुड नेर्वस इन्टरनेशनलका टुपेन्द्र खुलाल, नौलो घुम्तीका अध्यक्ष खड्कबहादुर रानाभाट लगायतले तालिममा सिकेका सीपलाई आय आर्जनमा लगाउन आग्रह गनुृभयो ।

तालिमका सहभागीहरुले पनि आफ्नो गाउँ ठाउँमा गएर व्यवसाय शुरु गर्ने बताएका थिए । तालिमका अवसरमा मोवाइल मर्मतका साथै टेलिभिजन मर्मत, राइसकुकर र ट्युवलाईट मर्मत गर्न समेत सिकाइएको प्रशिक्षक मदनकुमार रन्जितले जानकारी दिनुभयो ।

Facebook Comments