जिप दुर्घटना हुदाँ दैलखमा ५ जनाको मृत्यु

दैलेखको ठाँटीकाँध गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । भे १ च २२ ०७ नम्बरको बोलेरो जिप सुर्खेतबाट दैलेखको ठाँटीकाँधका लागि छुटेको थियो ।

दुर्घटनामा ३० बर्षका ठाटीखाँद गाउपालिका वडा नम्बर २ चालक रमेश शाही सहित ठाटखाँद गाउँपालिका १ का २४ वर्षका निर्मल बम र वडा नं. ३ का ४५ वर्षका राजेन्द्र बहादुर शाही र वडा नम्वर २ का २६ वर्षका दिलिप शाही, वडा नं. ४ का ४६ वर्षका रत्ना शाहीको मृत्यु भएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रशाद बास्कोटाले जानकारी दिनुभयो ।

गाडी सडकदेखि करिब ४० मिटर तल खसेको प्रत्यक्षदर्र्शीले जनाएका छन् । सांघुरो मोड भएकाले घुम्तीमा गाडी ब्याक गर्ने क्रममा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा गम्भिर घाइते भएकाहरुको सुर्खेत र नेपालगञ्जमा उपचारका लागि लगिएको छ ।

Facebook Comments