विमान खरिदमा अनियमितता गर्नेमाथि कडा कारबाहीः पर्यटनमन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कारबाही गर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री अधिकारीले नेपाल एयरलाइन्सलाई कमजोर बनाउने नियतका साथ छानबिन भने नगर्न आग्रह गर्नुभयो ।

विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको भन्दै उहाँले गलत गर्नेमाथि कडा कारबाही गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । साथै उहाँले विमान खरिद प्रकरणको गम्भीरतापूर्वक छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्नुभयो ।

मन्त्री अधिकारीले संसदीय समिति, अख्तियारलगायतको छानबिन प्रतिवेदन नआएसम्म धैर्य गर्न पनि सबैलाई आग्रह गर्नुभएको छ । उहाँले आगामी मार्चभित्र वाइडबडी विमानलाई ‘फूल फेज’मा संचालन गर्ने योजना रहेको पनि सुनाउनुभयो । ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन नयाँनयाँ गन्तव्यको खोजीलाई तीव्रता दिइएको जानकारी गराउनुभयो ।

Facebook Comments