पोखरामा उहिलेको पोखरा संग्रालय सञ्चालनमा

पोखरा महानगरपालिका २ भैरवटोलमा पुराना फोटो संग्रह ‘उहिलेको पोखरा’ ऐटिहासिक फोटोहरुका प्रर्दशनी कक्ष सञ्चालनमा ल्याएको छ । जगन्नाथ उलक स्मृती कोषले उहिलेको पोखरा संग्रालयको रुपमा सञ्चालनमा ल्याएको हो । विक्रम सम्बद २००२ साल देखीका यताको पोखरा र अन्य ठाउँका फोटो र भिडियोहरु र्हेन पाइन्छ ।

‘उहिलेको पोखरा’को पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्नुभएको हो । पुरानो पोखरा चिनाउने, घटनाक्रमको बारेमा जानकारी दिने उद्देश्यले पोखराका पहिलो फोटोग्राफर जगन्नाथ उलकको नामबाट उनको परिवारद्वारा सञ्चालित जगन्नाथ उलक स्मृति कोषले ‘उहिलेको पोखरा’ नामक ऐतिहासिक फोटोको प्रदर्शनी कक्ष सञ्चालनमा ल्याएको हो ।

बाबुले खिचेको फोटो देख्दा केही गर्नुपर्छ भन्ने लागेर घरमा भएका सबै पुराना फोटोहरु संकलन गरेर संग्रालय सञ्चालनमा ल्याएको कोषका अध्यक्ष सुनिल उलकले जानकारी दिनुभयो । संग्रहालयमा नेपालको ७३ वटा जिल्लाका पुराना तस्विरहरु राखिएको छ । उलकका अनुसार बाबुले खिचेका फोटा र केही बिदेशी फोटोग्राफरले खिचेर उपलब्ध गराएका फोटाहरु समावेश गरिएको छ ।

पुराना फोटोहरु नयाँ पुस्तालाई देखाउने उद्देश्यले संग्रालय सञ्चालनमा ल्याइएको उहाँको भनाई छ । पुरानो नेपाल झल्काउने भिडियो समेत उपलब्ध हुने संग्रहालयका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष आनन्दराज मुल्मीले भैरवटोलमा निःशुल्क रुपमा कक्ष उपलब्ध गराएका छन् ।

Facebook Comments