उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजी आकुउ शहरमा विस्फोट २२ जनाको मृत्यु

उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजी आकुउ शहरमा अवस्थित एक रासायिक कारखाना नजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । विस्फोटमा परी २२ जनाको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार बुधबार मध्यराती १२ः४० बजे हेबेइ सिङ्गहुआको एक रासायानिक पदार्थ उत्पादन गर्ने कारखाना ‘मिकल इन्ड्रस्टि कोअपरेसन लिमिटेड’ नजिकै उक्त बिस्फोट भएको थियो । विस्फोटमा परी ३८ ट्रक र १२ अन्य सवारी साधन ध्वस्त भएको जाङ्गजीकाउ नगरको नगर सरकारका अधिकारीहरुले जानकारी दिएका छन् ।

यस विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार एक सवारी साधनले बोकेको अति संवेदनशील विस्फोटक पदार्थ कारखानामा प्रवेश गर्ने पर्खाइमा रहेका बेला अकस्मात विस्फोट भएको थियो ।

उक्त कारखाना नजिकै भएको विस्फोटबाट कारखानाको भित्री भागमा भने कुनै असर गरेको छैन । तर विस्फोटपछि लागेको आगोका कारण त्यसैको वरिपरि रहेका अरु सवारी साधनहरुमा आगलागी भएको थियो । विस्फोट भएपछि सल्किएको आगोबाट सडकमा र पार्किङमा रहेका ३८ ओटा ट्रक र १२ ओटा कार विस्फोट भएको जाङजिकाउ नगर सरकारले जानकारी दिएको छ ।

संकटकालीन व्यवस्थापन मन्त्रालयले पठाएको एक समूह उद्धार कार्यको लागि जनाइएको छ । यस विस्फोटमा परेकाहरुको स्थानीय सरकारले पहिचान गरेको र उद्धार कार्यलगायत थप अनुसन्धान जारी रहेको बताइएको छ ।

Facebook Comments