प्रदेशलाई समृद्ध बनाउने अभियानमा साथ दिनुस्ः : मूख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई सम्वृद्ध बनाउने अभियानमा साथ दिन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । पोखरा उद्योग बाणिज्य संघको आयोजनामा भएको सफल एक्सपो साथमा तेस्रो मोवाइल मेला २०७५ को उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उद्योग व्यवसायको लागि सुरक्षाको प्रत्याभूति दिन, एकद्धार प्रणालीमार्फत उद्योग दर्ता गर्ने वातावरण बनाउन र नाफाको ग्यारेण्टी गर्न प्रदेश सरकार तयार रहेको उहाँको भनाई थियो ।
मुख्यमन्त्री गुरुङ्गले सिमेण्ट कारखानालगायतका ठूला परियोजनामा लगानी गर्न पोखराकोे निजी क्षेत्रसँग आग्रह पनि गर्नुभयो ।प्रदेश सरकारलाई आवश्यक पर्ने ७० देखि ८० प्रतिशत कर्मचारीले काम थालेको र सेवा दिने केही कार्यालयहरु संचालनमा आई सकेकोले अब विकास निर्माणका कामले गति लिने उहाँको दावी थियो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सुशासनको कमी तथा तीन तहका सरकारबीच सामञ्जस्यताको अभावमा लगानीकर्ताहरु उत्साहित हुन नसकेको बताउनुभयो । राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा लिप्न हुने तथा घुस नखुवाई कामै नहुने परिपाटी अन्त्य नहुँदासम्म देशका आन्तरिक र बाह्य लगानी आकर्षित हुन नसक्ने मुल्मकिो भनाई थियो ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले अब राजनीतिक अस्थिरतालाई दोष दिएर सम्वृद्धि हासिल हुन सकेन भन्ने छुट राजनीतिक नेतृत्वलाई नभएको बताउनुभयो । केन्द्रीय सरकार गठनपछिका ९ महिना निजी क्षेत्र, प्रदेश सरकार र स्थानीय सरकारका लागि पनि सुखद नभएको बताउँदै उहाँले सरकारको विकास बजेट खर्च गर्ने गति असाध्यै सुस्त भएकोमा असन्तुष्टी जनाउनुभयो ।

Facebook Comments