पार्टी शीर्ष नेताहरुवीचको गुटगत विवादलाई काँग्रेस सभापतिहरुको चुनौति

पार्टीका शीर्ष नेतालाई आशन्न महाधिवेशनमा एकमत भएर जानका लागि दबाव दिने निष्कर्ष निकाल्दै नेपाली कांग्रेसका जिल्ला सभापतिको भेला सम्पन्न भएको छ । नुवाकोटको ककनीमा भएको कांग्रेस जिल्ला सभापतिको भेलाले पार्टीमा देखिएको गुटगत विवादलाई चुनौती दिने उद्देश्यले एकमत भएर जाने प्रयासका साथ अघि बढ्ने निष्कर्ष निकालेको छ ।

पार्टीका शीर्ष नेतृत्वलाई एक ढिक्का हुनका लागि आफूहरु प्रयासरत रहने सभापतिले बताएका छन् । बैठकमा सहभागी सभापतिले दिएका सुझाव संकलन गरेर एकीकृत मस्यौदा तयार पार्न १७ सदस्यीय समिति बनाइएको छ । समितिमा प्रत्येक प्रदेशबाट दुई–दुई जना र दुई महिला सभापति रहेका छन् ।

जिल्ला सभापतिबाट आएका सुझाव समेटेर पार्टीलाई एक ढिक्का बनाएर महासमितिमा जान दबाब दिनका लागि आफूहरु गुटगत स्वार्थभन्दा माथि उठेर छलफलमा जुटेको कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले बताउनुभयो ।

ककनीमा जारी बैठकमा सहभागी जिल्ला सभापतिले विधान संशोधन मस्यौदा समितिले पार्टीलाई बुझाएको मस्यौदामा केही विषय स्पष्ट नभएको भन्दै आपत्ति समेत जनाएका छन् । ५८ जिल्लाका सभापति सहभागि भेलाले ‘ककनी घोषणापत्र’ समेत जारी गरेको छ ।

Facebook Comments