सामुदायिक सेवा केन्द्र वगरद्धारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । वडा प्रहरी कार्यालयबाट सरुवा भई गएका प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठलाई विदाई र वडा प्रहरी कार्यालय वगरमा प्रमुख भई आएका प्रहरी निरीक्षक दिपक थापालाई स्वागत गरिएको हो ।

श्रेष्ठ वगरबाट सरुवा भई ट्राफिक प्रहरी महाशाखा अपराध अनुसन्धान शाखा गएका हुन् भने थापा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट सरुवा भई वडा प्रहरी कार्यालय वगरमा आएका हुन् । त्यसैगरी कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. १ वडा सचिव कुलराज पौडेललाई पनि स्वागत गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. १ की वडा अध्यक्ष शारदा पराजुलीले लागु औषध कारोवारमा कास्कीको पनि नाम आएकोले यसलाई हटाउनका लागि प्रहरी अग्रसर रहनु पर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक दिपक थापाले समाजको विकृति विसंगति न्यूनिकरण गर्न सामुदायिक सँग हातेमालो गर्ने बताउनुभयो । सरुवा हुनुभएका प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले यहाँको सामुदायिकको सहयोगले नै आफ्नो कार्यकाल सफल भएको उल्लेख गर्नुृभयो ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका सल्लाहकार विश्वमोहन गौचनले समुदाय र प्रहरीबीचको समन्वयबाट मात्रै शान्ति सुरक्षा कायम गर्न सकिने बताउनुभयो । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष मनपति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामभुषण पराजुलीले स्वागत र सचिव कल्पना आचार्य बास्तोलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments