भारतद्वारा रकेटमा ३१ वटा भू–उपग्रह एकसाथ अन्तरिक्षमा

भारतले ३१ भू–उपग्रह एकै पटक अन्तरिक्षमा पठाएको छ । सतीश धवन स्पेस स्टेसन, श्रीहरी कोटाबाट रकेटमा ३१ वटा भू–उपग्रह एकसाथ अन्तरिक्षमा पठाइएको भारतीय संचार माध्यमले जनाएका छन् ।

पोलर सेटेलाइट लन्च भेकलले आफ्नो ४५ औँ उडान पिएसएलभी–सि ४३ मा हाइपर स्पेक्ट्रिकल इमेजिङ सेटेलाइट ‘हाइसिस’ भारतीय उपग्रह र अन्य ३० उपग्रहको प्रक्षेपण सतिश धवन स्पेस स्टेसनको पहिलो लञ्च प्याडबाट गरेको हो ।

हाइसिस भारतको आफ्नो उपग्रह हो । यसले भारतको कृषि, वन, तटिय इलाका, नदि, माटो, पर्यावरणसँग जोडिएका कैयौं एप्लिेकशनकालागि हाइपरस्पेक्ट्रिकल इमेजिङ सुविधा प्रदान गर्नेछ ।

Facebook Comments