महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता विराटनगरमा हुने

नेपालमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी फागुन अन्तिम साताबाट आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै साफ च्याम्पियनसिप फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा आयोजना हुने जनाएको हो ।

विराटनगरस्थित शहिद रंगशालामा हुने खेलमा नेपालसहित, भारत, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । एन्फाले ओमानको मस्कटमा भएको साफ राष्ट्रको भेलाले मिति तय गरेको जनाएको छ ।

साफ च्याम्पियनसिपका लागि नेपाली महिला टिमले तयारी सुरु गरिसकेको छ । साफलाई मध्यनजर गर्दै नेपालले गत महिला चीनमा मैत्रीपूर्ण खेल र अभ्यास गरेको थियो । यस्तै नेपालले ओलम्पिक छनोट खेल्दै दोस्रो चरणको यात्रा समेत तय गरिसकेको छ ।

Facebook Comments