युआरएलमा हुने स्वास्थ परीक्षणमा एनएमएसआरएका सदस्यलाई छुट हुने

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि.ले नेपाल मेडिकल एण्ड सेल्स रिप्रजेन्टेनिभ एशोसियसन(एनएमएसआरए)का सदस्यहरुलाई प्रयोगशालामा हुने परिक्षणमा छुट दिने भएको छ । एन एम एस आर एका पोखरा इकाईका सदस्यहरुलाई प्रयोगशालामा हुने सम्पूर्ण परीक्षणमा एआरएलका तर्फबाट विशेष छुट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा युआरएलका तर्फबाट प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र एन एम एस आर एका तर्फबाट पोखरा इकाईका अध्यक्ष निरज पन्तले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापत्रमा परिचयपत्रका आधारमा स्वेच्छिक या कुनै पनि अस्पतालका चिकित्सकले गरेको सिफारिशका आधारमा छुट प्रदान गर्ने उल्लेख छ ।

सम्झौतापछि एनएमएसआरएका सदस्यहरुको उपचारमा सहयोग पुग्ने संस्थाका अध्यक्ष निरज पन्तको भनाई छ । २ बर्षको अवधिका लागि सहमति मान्य हुने उल्लेख गरिएको छ । यसअघि पनि युआरएलले विभिन्न संस्थाहरुसँग संस्थागत रुपमा साझेदारी गर्दै आइरहेको छ भने स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गर्ने गरेको छ ।

Facebook Comments